युट्युबरमाथि गृह मन्त्रालयले उठायो कानुनी डन्डा | Khabarhub Khabarhub

युट्युबरमाथि गृह मन्त्रालयले उठायो कानुनी डन्डा

प्र्याङ्क भिडियो सामाजिक सञ्जालमा राखे जेल र जरिवाना


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न खालका भिडियो देख्न सकिन्छ। कतिपय भिडियो परिवारसँग बसेर हेर्नसम्म सकिँदैन भने कतिपय भिडियो सार्वजनिक सरोकारका विषयमा भन्दा निजी कुराकानीमा केन्द्रित हुन्छन्। जसले व्यक्तिको चरित्रमाथि प्रश्न उठाइरहेको हुन्छ। सामाजिक सञ्जालमा यसरी सार्वजनिक हुने भिडियोले व्यक्तिको मानमर्दन गरेको भन्दै उजुरी परेपछि यो विषयमा गृहमन्त्रालयले कडाई गर्ने भएको हो।

बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै गृह मन्त्रालये कसैलाई प्र्यांक अर्थात् सताउने भिडियो बनाए कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

व्यक्तिलाई सताउने भिडियो बनाएर युट्युबलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्नेलाई अब प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा कारबाही गर्नेछ।

नेपाल प्रहरीले ख्यालठट्टाका नाममा भिडियो बनाएर सर्वसाधारणलाई मानसिक तथा शारीरिक रूपमा हैरानी दिनेलाई मुलुकी संहिता अनुसार कानुनी कारबाही गर्नेछ। प्रहरी कारबाहीमा दोषी ठहर भए ती व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।

संहिताको दफा ११८ मा भनिएको छ, ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन । कसैले कसुर गरे कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

बिहीबार गृह मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीका नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिनेलाई कानुन अनुसार कारबाही गर्ने प्रष्ट उल्लेख गरिएको छ। यो विषयमा विज्ञप्तिमार्फत् गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ ।

‘कसैले कसुर गरे कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले ख्यालठट्टाका नाममा युट्युबर मानिसको व्यक्तिगत जीवनभित्र छिर्ने गरेको भेटिएपछि प्रहरीलाई कारबाहीका लागि निर्देशन दिएको बताए। मानिसको गोप्य भिडियो बनाई युट्युबमार्फत सार्वजनिक गर्ने गरेको भेटिएपछि यस्ता कानुनविपरीतका गतिविधि रोक्न गृहले यो कदम चालेको उनको भनाइ छ।

मन्त्रालयमा पीडितबाट उजुरी तथा गुनासो बढ्न थालेपछि त्यस्ता गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्न मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको उनले प्रष्ट पारे।

गृहका अनुसार अब अनुमतिविना तस्बिर तथा भिडियो खिच्ने र त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेविरुद्ध कारबाही हुनेछ । अनुमतिविना खिचिएका भिडियो तथा तस्बिरले मानसिक तनाव तथा विवाद निम्त्याउने, सामाजिक द्वन्द्व भड्काउने र शान्ति सुव्यवस्थामा समेत खलल पर्ने भएकाले संलग्नलाई कारबाही गर्न लागिएको गृह प्रवक्ताको भनाइ छ ।

‘सार्वजनिक स्थलमा कुनै व्‍यक्तिको अनुमतिविना कुनै प्रकारको तस्बिर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्‍यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्‍यक्तिको अनुमतिरसहमति विना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने व्‍यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध,’ गृहको विज्ञप्तिमा भनिएको छ।

मानिसको गोप्य भिडियो बनाई युट्युबमार्फत सार्वजनिक गर्ने गरेको भेटिएपछि यस्ता कानुनविपरीतका गतिविधि रोक्न गृहले यो कदम चालेको हो ।

ख्यालठट्टाका नाममा बनाइएका त्यस्ता भिडियो अश्लीलता फैलाउने मात्र नभई महिला हिंसालाई समेत प्रोत्साहन दिने खालका देखिएपछि कानुनी कारबाही गर्न लागिएको मन्त्रालयले विज्ञप्तिमा प्रष्ट पारेको छ।

प्रहरीले यसअघि गलत भिडियो बनाएर सार्वजनिक गर्ने युट्युबर भरतबहादुर तिरुवा र त्यसका सञ्चालक रामबहादुर मल्ललाई कारबाही गरेको थियो। उक्तक्रम बढ्दै गएपछि गृहले यस्ता गतिविधि रोक्न कानुनी बाटो खोजेको हो।

 

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ६ : ४२ बजे

शास्त्रले काटमार नभई अहंकार चढाउनुलाई बलि मान्छ

दशैँ भन्नासाथ त्यसको सांस्कृतिक र धार्मिक साइनो गरिन्छ। यसै समयमा

दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई

म्याग्दी– विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट

‘टीका लगाउने संस्कार जनजातिको हो’

लामो समय, इतिहास र सभ्यतासँग दशैँ जोडिएको छ। दशैँलाई हिन्दुहरुले

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ

काठमाडौं– साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी

सुक्खा पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध

उदयपुर– सुक्खा पहिरोले सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्ड अवरुद्ध भएको