खोप अभियानको एक वर्षः तीन करोड डोज लगाइयो, २४ लाख खोप हरायो « Khabarhub

खोप अभियानको एक वर्षः तीन करोड डोज लगाइयो, २४ लाख खोप हरायो


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ । भारतमा खोप अभियान सुरु भएको एक सातापछि नै कोभिसिल्ड खोप ल्याएर अभियान सुरुवात गरिएको थियो । भारतले अनुदानमा दिएको १० लाख डोज खोपबाट नेपालले अभियान सुरु गरेको एक वर्षमा तीन करोडभन्दा बढी डोज खोप लगाइसकेको छ ।

सरकारले खोप अभियानलाई पहिलो प्राथमिकतामा राखेको छ । जस कारण खोप अहिले हरेक स्थानीय तहमा लगाउने अभियान जारी छ । एक वर्ष पूरा हुनै लाग्दा बुस्टर डोजसमेत लगाउन थालिएको छ ।

अंग्रपंक्तिमा खटिनेलाई खोप लगाएर सुरुवात गरेको अभियानको एक वर्ष पूरा हुँदा १२ वर्षभन्दा माथि उमेर समूहकालाई लगाइएको छ । ५ देखि ११ वर्ष उमेर समूहका नागरिकलाई दुई महिनाभित्रमा लगाउने गरी सरकारले फाइजर खोप ल्याउने तयारीलाई तीव्रता दिएको छ ।

नेपालमा बिहीबार अपरान्हसम्ममा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको छ ।

नेपालमा चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको हुँदा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएकाले अब एक करोड १५ लाख ७४ हजार ५१ डोज खोप बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

तर, आयात गरिएको खोपमध्ये २४ लाख डोजको कुनै रेकर्ड नरहेको भन्दै अनियमितताको आशंका पनि गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १ : २० बजे

गाजामा इजरायली हवाई आक्रमण : ७ जनाको मृत्यु

गाजा – गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार मंगलबार इजरायली हवाई आक्रमणमा

अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढदै

काठमाडौं – अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन्

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं- जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ

‘कर्णाली तिर’को ट्रिजर सार्वजनिक

काठमाडौं – गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’को ट्रिजर