खोप अभियानको एक वर्षः तीन करोड डोज लगाइयो, २४ लाख खोप हरायो « Khabarhub

खोप अभियानको एक वर्षः तीन करोड डोज लगाइयो, २४ लाख खोप हरायो


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ । भारतमा खोप अभियान सुरु भएको एक सातापछि नै कोभिसिल्ड खोप ल्याएर अभियान सुरुवात गरिएको थियो । भारतले अनुदानमा दिएको १० लाख डोज खोपबाट नेपालले अभियान सुरु गरेको एक वर्षमा तीन करोडभन्दा बढी डोज खोप लगाइसकेको छ ।

सरकारले खोप अभियानलाई पहिलो प्राथमिकतामा राखेको छ । जस कारण खोप अहिले हरेक स्थानीय तहमा लगाउने अभियान जारी छ । एक वर्ष पूरा हुनै लाग्दा बुस्टर डोजसमेत लगाउन थालिएको छ ।

अंग्रपंक्तिमा खटिनेलाई खोप लगाएर सुरुवात गरेको अभियानको एक वर्ष पूरा हुँदा १२ वर्षभन्दा माथि उमेर समूहकालाई लगाइएको छ । ५ देखि ११ वर्ष उमेर समूहका नागरिकलाई दुई महिनाभित्रमा लगाउने गरी सरकारले फाइजर खोप ल्याउने तयारीलाई तीव्रता दिएको छ ।

नेपालमा बिहीबार अपरान्हसम्ममा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको छ ।

नेपालमा चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको हुँदा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएकाले अब एक करोड १५ लाख ७४ हजार ५१ डोज खोप बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

तर, आयात गरिएको खोपमध्ये २४ लाख डोजको कुनै रेकर्ड नरहेको भन्दै अनियमितताको आशंका पनि गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  १ : २० बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,