धनुषामा सरकारी दस्तखत छाप किर्ते र ठगी गर्ने एक जना पक्राउ « Khabarhub

धनुषामा सरकारी दस्तखत छाप किर्ते र ठगी गर्ने एक जना पक्राउ


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा सरकारी दस्तखत छाप किर्ते र ठगी गर्ने एक जना पक्राउ परेका छन् । छाप किर्ते गरी ठगी गर्ने धनौजी गाउँपालिका–१ का २५ वर्षीय शहादत राइन पक्राउ परेका हुन् ।

उनलाई जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । राइनले धनौजीका १९ वर्षीय बबलु पासमान, २० वर्षीय पारसकुमार पासवान र दिपेशकुमार पासमानसँग जनही दुई लाख रकम लिई किर्ते कागजपत्र तयार पारिदिएका थिए ।

उनले सडक डिभिजन कार्यालयको आईटी सुपरभाइजर पदको नियुक्ति पत्र, मासिक तलब र सो पदसम्बन्धी उम्मेदवारको सम्झौता पत्र बनाइदिएका थिए । जनकपुरधामस्थित सडक डिभिजनको लेटर प्याड तयार गरी सरकारी दस्तखत छाप किर्ते गरेको भन्दै पीडितहरूले उजुरी दिएपछि प्रहरीले राइनलाई पक्राउ गरेको हो ।

अभियुक्तले अपराध स्वीकार गरिसकेको धनुषाका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा अदालतबाट १० दिनको म्याद थप गराई अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ३ : ०१ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार