नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना « Khabarhub

नेपाल लाइफ इन्स्योरेन्सलाई जरीवाना


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–बीमा समितिले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमितकुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुृक्ति गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैंयाँ जरीवाना गर्ने निर्णय गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा प्राप्त भएपश्चात् त्यस सम्बन्धमा कम्पनीबाट आवश्यक प्रतिवेदन,विवरण झिकाई अध्ययन गर्दा कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएको समितिले बताएको छ ।

यसैगरी, बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरित नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न १४ वटा समिति र उपसमितिहरुमध्ये सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति÷उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम कम्पनीलाई १० हजार रुपैंयाँ जरीवाना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ४ : १५ बजे

एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहको

धुर्मुस-सुन्तलीकी छोरीलाई भएको म्यानेन्जाइटिस कस्तो रोग हो ?

काठमाडौं – चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण क्रममा

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

गण्डकी– पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी

सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं–  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ