कांग्रेसको कार्यसम्पादन समिति गठनः पहिलो बैठक अर्को साता बस्ने « Khabarhub

कांग्रेसको कार्यसम्पादन समिति गठनः पहिलो बैठक अर्को साता बस्ने


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसले ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ ।

शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्य समितिको बैठकले कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले महामन्त्री गगन थापाले प्रस्तुत गरेको कार्यसम्पादन समिति गठनसम्बन्धी प्रस्ताव पारित गर्दै समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा पदाधिकारीबाट सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सह महामन्त्रीहरु फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार रहेका छन् । त्यस्तै, समितिको सदस्यमा वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा.नारायण खड्का, जीपछिरिङ्ग लामा, सुजाता कोइराला, एन.पी.साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना रहेका छन् ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति सदस्यमध्येबाट पूर्वपदाधिकारीहरुसहित वरिष्ठताका आधारमा २४ जनालाई कार्यसम्पादन समितिमा समेटेका हुन् । विधानअनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुन्छ । जसमध्ये पदाधिकारी स्वतः सदस्य हुने व्यवस्था छ ।

महामन्त्री थापाले कार्यसम्पादन समितिको पहिलो बैठक अर्को साता बस्ने जानकारी दिए । उनले बैठकले राष्ट्रिय राजनीतिका साथै नियमित सांगठनिक विषयमा छलफल गर्ने र भ्रातृ संगठनहरूका विषयमा पनि आवश्यक निर्णय लिने बताए ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ६ : ४९ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने