भ्रष्टाचार आरोपी सिमेन्ट उद्योगको बचाउमा सिमेन्ट उत्पादन संघ « Khabarhub

भ्रष्टाचार आरोपी सिमेन्ट उद्योगको बचाउमा सिमेन्ट उत्पादन संघ


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिमेन्ट उत्पादन संघले भ्रष्टाचारको आरोप लागेका ९ सिमेन्ट उद्योगको बचाउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार ९ सिमेन्ट उद्योगसहित खानी तथा भूगर्भ विभागका रामप्रसादविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि संघले शुक्रबार विज्ञप्ति जारी गरी ती उद्योगको बचाउ गरेको हो ।

अख्तियारले ९ वटा सिमेन्ट उद्योगले अनुमतिभन्दा बढी चुन ढुंगा उत्खनन् गरी राज्यलाई १ अर्ब २६ करोड रुपैयाँ नोक्सानी पुर्याएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

संघले उद्योगहरुले अनुमतिपत्रमा तोकिएभन्दा वार्षिक परिमाणभन्दा केही थपघट उतखनन गरे पनि तोकिएका समयमा तोकिएभन्दा बढी परिमाण उत्खनन नगरेको दाबी गरेको छ । ‘प्रत्येक महिनामा उत्खनन् गरे अनुसारको परिमाणको रोयल्टी (शुल्क) अर्को महिनाको ७ सात गतेभित्र नै बुझाउनुपर्ने व्यवस्था भएअनुसार समयमै खानी तथा भूगर्भ विभागले उत्खनन् गरेको परिमाण अनुसारको रोयल्टी (शुल्क) समेत बुझिसकेको र स्थानीय निकायमा वुझाउनुपर्ने शुल्क समेत समयमा नै उद्योगहरुले बुझाई सकेका छन्,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संघले २०७२ भूकम्प र सोही वर्ष भारतले लगाएको नाकाबन्दीका कारण मुलुक आक्रान्त रहेको समयमा आर्थिक वर्ष ०७३÷७४ र ०७४÷७५ मा पुनर्निर्माण तथा अन्य विकास निर्माणका कार्यमा गति दिनका लागि थप सिमेन्टको आवश्यकता भएपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणवाट समेत उद्योगीहरुलाई पटक–पटक बोलाई यथाशक्य बढी उत्पादन गर्न अनुरोध भएपछि उद्योगहरुले आफ्नो क्षमताले भ्याएसम्म थप उत्पादन गर्न बढी चुनढुंगा उत्खनन् गरेको संघको विज्ञप्तिमा उल्लेख छ ।

हाल मुलुकभर करिब ६५ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् । जसमध्ये २१ वटा उद्योगले क्लिङकरमा आधारित छन् । हाल वार्षिक करिब २ खर्ब बराबरको सिमेन्ट निर्यात गर्न समेत स्वदेशी उद्योगहरु सक्षम रहेको संघको भनाइ छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ७ : ३८ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६