पुराना कर्मचारीबाट जनकपुरधामस्थित रेल्वे स्टेशन कार्यालयमा तालाबन्दी « Khabarhub

पुराना कर्मचारीबाट जनकपुरधामस्थित रेल्वे स्टेशन कार्यालयमा तालाबन्दी


१४ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– रेल्वेका पुराना कर्मचारीहरूले जनकपुरधाम स्टेशनस्थित कार्यालयमा तालाबन्दी गरेका छन् । पुरानो रेल्वे कर्मचारी संघर्ष समितिको नेतृत्वमा पुराना कर्मचारीहरूले शुक्रबार कार्यालयमा तालाबन्दी गरेर प्रदर्शन गरेका हुन् ।

आफूहरूलाई नेपाल रेल्वेका महाप्रबन्धन निरञ्जन झाले बिनाकारण हटाएको भन्दै उनीहरूले पुनर्नियुक्तिको माग गर्दै आएका छन् । उनीहरूले हाल तालिम लिइरहेका ज्यालादारी कर्मचारीहरूको नियुक्ति बदर गर्न पनि माग गर्दै आएका छन् । नेपाल रेल्वेका महाप्रबन्धक झाले गैरकानुनी तरिकाले आफूहरूलाई हटाएर आफ्ना कार्यकर्ताहरूलाई गुपचुप तरिकाबाट तालिम दिइरहेको उनीहरूको आरोप छ ।

अहिलेको भर्ना बदर गरी आफूहरूलाई नियुक्त नगरेसम्म चरणबद्ध आन्दोलन जारी राख्ने समितिका संयोजक मञ्जय गोइतले चेतावनी दिए ।

रेल्वेका पुराना कर्मचारीलाई कामकाजमा खटाउने मन्त्रिपरिषद्को निर्णयबमोजिम तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले २०७८ साल वैशाख ४ गतेबाट उनीहरूलाई ज्यालादारीमा नियुक्त गरेका थिए । वैशाख ८ गतेबाट उनीहरूलाई भारतबाट प्रशिक्षक मगाएर विशेष तालिम पनि दिइएको थियो ।

तर, नयाँ महाप्रबन्धक निरञ्जन झा आएपछि २०७८ साल भदौं १८ गते सूचना निकालेर उनीहरूको हाजिरी रोक्का गरिदिएका थिए । झाले रेल्वेका पुराना ६५ सहित १ सय ५१ जनाको हाजिरी रोक्का गरिदिएका थिए । तर, अहिले आएर ६१ जनालाई भर्ना गरी तालिम दिन सुरु गरिएपछि पुराना कर्मचारीहरू आन्दोलित भएका हुन् ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार  ८ : १३ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६