तिलोत्तमा बन्यो कोरोनाविरुद्धको पूर्ण खोप नगरपालिका « Khabarhub

तिलोत्तमा बन्यो कोरोनाविरुद्धको पूर्ण खोप नगरपालिका


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्ण खोपयुक्त बनेको छ । लक्षित उमेरका सबै नागरिकले खोप लगाएसँगै तिलोत्तमा कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह बनेको नगरपालिकाको दाबी छ ।

नेपाल सरकारले ल्याएको पूर्ण खोपको अवधारणाअनुसार पूर्ण खोप सुनिश्चितता कार्यविधिमा रहेर नगरपालिका कोरोनाविरुद्धको खोप सुनिश्चित पालिका बनेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका एक लाख २८ हजार ५३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना रहेका छन् । लक्षित जनसंख्या ९५ हजार ९६६ रहेकोमा तिलोत्तमामा लक्षितभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

नगरपालिकाभन्दा बाहिरका व्यक्तिहरुले समेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएकोले लक्ष्यभन्दा बढी प्रगति हासिल भएको स्वास्थ्य शाखाले जनाएको छ । परिवार सर्वेक्षण गरेर छुटेका सात हजार ७७ जनालाई खोप लगाइएसँगै तिलोत्तमा कोरोना विरुद्धको खोप सुनिश्चितता भएको पालिका बनेको हो ।

खोप लगाउन बाँकी रहेका व्यक्ति पहिचान गर्न नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो । टोलीले पहिचान गरेका व्यक्तिहरुलाई खोप लगाएपछि जिल्ला खोप समन्वय समितिले समेत अनुगमन गरेर तिलोत्तमालाई पूर्ण खोप सुनिश्चित पालिका ठहर गरेको स्वास्थ्य शाखाले जनाएको छ । नेपालमा हालसम्म १२ वर्षमाथिका व्यक्तिलाई मात्र कोरोना विरुद्धको खोप लगाइएको छ ।

नगरपालिकाले वडा–वडामा पुगेर खोप कार्यक्रम सञ्चालन गरे पनि विभिन्न समुदायका व्यक्तिहरु छुटेको पाइएपछि यही फागुन ५ गते बसेको नगरस्तरीय खोप समन्वय समितिको बैठकले घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको थियो । सोहीअनुसार घरधुरी सर्वेक्षणबाट प्राप्त छुट भएका व्यक्तिलाई सम्बन्धित वडामा खोप लगाइएको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांकअनुसार वडा नं. ३ मा सबैभन्दा बढी १२ हजार ६३० जनाले खोप लगाएका छन् । यस्तै वडा नं. ४ मा ११ हजार २७० जनाले खोप लगाएको नगरपालिकाको तथ्यांक छ । घरधुरी सर्वेक्षणबाट पत्ता लगाइएका छुट भएका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालयबाट खोप आपूर्ति गरी खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले बताए । उनका अनुसार १७ वटै वडा खोप समन्वय समितिबाट नगरस्तरीय खोप समन्वय समितिमा पूर्ण खोप घोषणा एवं सुनिश्चितताका लागि प्रतिबद्धता पत्र समेत प्राप्त भएको छ ।

नगरपालिकाले तीन सय घरधुरीमा पूर्ण खोप सुनिश्चितताका लागि घरधुरी सर्वेक्षण गर्दा खोप लगाउन छुट नभएको पाइएकोले नगरपालिका स्तरीय खोप समन्वय समितिको बैठकले जिल्ला स्तरीय खोप समन्वय समिति लगायत राष्ट्रिय खोप समन्वय समितिको सचिवालय, प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय रुपन्देहीलाई पूर्ण खोप घोषणा सुनिश्चितता गर्न सहमतिका लागि पत्राचार गरेको थियो।

सोही पत्रको आधारमा जिल्ला खोप समन्वय समितिबाट कोभिड–१९ पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी र्‍यापिड कन्ट्रयाक सर्वेक्षण गरिएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए । तिलोत्तमाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु खोप लगाउन विभिन्न बस्ती, समुदाय तथा इँटाभट्टामैं पुगेर खोप लगाउन छुटेकाहरुलाई खोप लगाएका थिए । नगर प्रमुख बासुदेव घिमिरेले खोप अभियानमा सहभागी सबै स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, शिक्षण संस्थालगायत सबैप्रति आभार व्यक्त गरे ।

तिलोत्तमा नगरपालिकामा हालसम्म कोरोनाबाट आठ हजार ८३८ जना संक्रमित भएका छन् । कोरोनाबाट २०१ जनाको निधन भएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकामा २०७७ माघ १४ बाट कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो । तिलोत्तमा नगरपालिकाले कोरोना महामारीबाट नगरबासीलाई बचाउन ६० बेडको अस्थायी कोरोना अस्पताल स्थापना गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ८ : १५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ