रुसी आक्रमणको विरोधमा शान्ति समाजको प्रदर्शन (फोटोसहित) « Khabarhub

रुसी आक्रमणको विरोधमा शान्ति समाजको प्रदर्शन (फोटोसहित)


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मानव अधिकार तथा शान्ति समाजले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेको छ।

शान्ति समाजको काठमाडौँ शाखाले सोमबार (बिहान) बिहान बौद्धनाथ अगाडि गरेको प्रदर्शनमा उनीहरूले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालो पट्टी बाँधेका थिए ।

रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाको आह्वानसहित हातमा मैनवत्ती बोकेर उनीहरूले आधा घण्टासम्म प्रदर्शनमा गरेका हुन्।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत ६० जनाको सहभागिता थियो ।

यसअघि रुसलाई युद्ध रोक्न माग गर्दै शान्ति समाज मोरङ शाखाद्वारा फागुन १३ गते विराटनगरमा र दाङ शाखाद्वारा फागुन १५ गते तुलसीपुरमा प्रदर्शन गरिएको थियो । गत दुई सातामा ‘युद्ध निषेध, शान्ति विशेष’ अभियान अन्तर्गत शान्ति समाजले नेपालमा १० वटा प्रदर्शन गरिसकेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ३९ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास