वर्दिबासमा पहिलोपल्ट मेयरगोल्ड कप हुने « Khabarhub

वर्दिबासमा पहिलोपल्ट मेयरगोल्ड कप हुने


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- बर्दिबास नगरपालिकाले प्रथम मेयर गोल्डकप प्रतियोगिता आयोजना गर्ने भएको छ । नगरभित्रको लोकप्रिय खेल फुटवल प्रतियोगिता २५ फागुनदेखि सुरु हुने नगर खेलकुद विकास समितिले जनाएको छ ।

बर्दिवास नगरपालिकाको खेलकुद शाखा नगर खेलकुद विकास समितिले आयोजना गरेको यो नगर कै पहिलो खेल हो ।

मेयरगोल्डकप नामांकरण गरिएको यो फुटवल प्रतियोगीतामा अहिलेसम्म आठ जिल्लाका खेलाडीहरू सम्पर्कमा आएका छन् । अहिलेसम्म मकवानपुर, झापा, उदयपुर, बारा, धनुषा, सिरहा र सिन्धुली गरी आठ जिल्लाका खेलाडी सहभागी हुने निश्चित भएको नगर खेलकुद विकास समितिका अध्यक्ष विष्णु बमजनले जानकारी दिए ।

आयोजक टिमको तर्फवाट खेलाडी छान्ने प्रक्रिया अगाडि बढिरहेको उनकाे भनाइ छ । प्रतियाेगिता सम्पन्न गर्न २० लाख खर्च हुने आयोजक पक्षले अनुमान गरेकाे छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १२ : ३४ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- अमेरिकाले विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास