रिद्धि सिद्धि सिमेन्टद्वारा कन्ट्रयाक्टर मिट २०७८ को आयोजना « Khabarhub

रिद्धि सिद्धि सिमेन्टद्वारा कन्ट्रयाक्टर मिट २०७८ को आयोजना

नयाँ बर्ष लक्षित आकर्षक उपहार योजनापनि सार्वजनिक


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रिद्धि सिद्धि सिमेन्टले आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिंग सुझाव लगायत प्राविधिक ज्ञान प्रदान गर्ने सोचका साथ विभिन्न स्थानमा कन्ट्रयाक्टर मिट (ठेकेदार सम्मेलन) को आयोजना गरेको छ । यही क्रममा कम्पनीले फागुन १३ गते चन्द्रागिरी, १४ गते भक्तपुर तथा ललितपुर र १५ गते बनेपामा कार्यक्रमको आयोजना गरेको छ ।

देशका विभिन्न स्थानहरुमा कन्ट्रयाक्टर मिट (ठेकेदार सम्मेलन)सम्पन्न गरिसकेको यस संस्थाले आफ्नो ४३ ग्रेडको ओपीसी सिमेन्टमा केन्द्रित रही आफ्नो कन्ट्रयाक्टर मिटको आयोजना गरेको छ ।

निर्माण कार्यमा प्राविधिक रुपमा संलग्न सम्पूर्ण ठेकेदारहरुलाई आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इञ्जिनियरिंग सुझाव लगायत प्राविधिक ज्ञान प्रदान गर्ने तथा सिमेन्टको विशेषता सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा ५ सय भन्दा बढीको संख्यामा ठेकेदारहरुले अन्तरक्रियाका लागि सहभागिता जनाएका थिए ।

नयाँ वर्ष २०७९ लक्षित उपहार योजनापनि सार्वजनिक

कम्पनीले नयाँ वर्ष २०७९ लाई दृष्टिगत गर्दै ठेकेदारवर्ग लक्षित हात खालि नजाने आकर्षक उपहार योजनापनि सार्वजनिक गरेको छ । यो उपहार योजना २०७८ फागुन १ गतेदेखि २०७९ बैशाख ३१ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । यस उपहार योजना अन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा तिनले विभिन्न आकर्षक उपहार हात पार्न सक्नेछन् ।

साथै योजनाको अन्त्यमा गोला प्रथा मार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा काठमाडौं–पोखरा भ्रमण प्योकजपनि जित्न सक्ने ब्यवस्था मिलाइएको छ ।

हात खालि नजाने अन्य पुरस्कार बारे जानकारी

६००० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा : सीजी ४३” स्मार्ट एलईडी टीभी वा सियाओमी ११ लाइट एनई ५जी ८÷१२८जीबी १ थान
५००० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा : सीजी ३२” स्मार्ट एण्ड्रोइड सीजी ३२ बी वा सियाओमी रेडमी नोट १० प्रो १ थान
२५०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा : सियाओमी रेडमी ९सी ३२/६४ जीबी वा बाल्ट्र बीओटी ११२ ५० लिटर फोस्टर ओभन १ थान
१५०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा : बाल्ट्रा इन्फ्रारेड इन्डक्शन कुकर वा यासुदा वाईएस–२८एससी २.८ लिटर राइस कुकर १ थान
८०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा : रेनकोट १ थान
४०० बोरा ओपीसी वा पीएससी सिमेन्टको खरिदमा : हट पट लञ्च बक्स १ थान

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ३ : ०० बजे

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट