भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पु-याउँछ : राजदूत वेरी « Khabarhub

भ्रामक सूचना र दुष्प्रचारले निर्वाचन र लोकतन्त्रलाई हानी पु-याउँछ : राजदूत वेरी


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले स्वतन्त्र र निष्पक्ष निर्वाचन दीगो लोकतन्त्रको पहिचान भएको बताएका छन् । स्थानीय तहको आगामी निर्वाचनका लागि नेपाल मतदाता अधिकार मञ्चद्वारा यहाँ आज आयोजित तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले चुनावका समयमा आउन सक्ने भ्रामक सूचना र मिथ्या दुष्प्रचारबाट जोगिन सबैलाई सचेत र सजग हुन सुझाव दिएका छन् ।

निर्वाचनसँग सम्बन्धित भ्रामक र मिथ्या सूचनाको पहिचान र रोकथाम गर्न समाजका सबै पक्ष सचेत र सजग हुन आवश्यक रहेको बताउँदै उनले यस्ता दुष्प्रचारले अनलाइनलगायत सामाजिक सञ्जाललाई विचलन ल्याउने मात्र नभइ निर्वाचन र लोकतन्त्रलाई हानी पु-याउने धारणा व्यक्त गरेका छन् ।

राजदूत वेरीले भने “भ्रामक सूचना र दुष्प्रचारले नेपाललाई प्राप्त हुने वास्तविक प्रतिफलको क्षमतामासमेतमा असर पार्छ, कोभिड–१९ खोपबारे मिथ्या सूचनाका कारण अमेरिकालगायतका मुलुकले ठूलो क्षति व्यहोर्न प-यो । धेरै मानिसको अकालमा ज्यान गयो ।”

भ्रामक र गलत सूचनाका सन्दर्भमा नेपालको अनलाइनको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै राजदूत वेरीले “गलत सूचनाले मतदाताको सुसूचित गर्ने राजनीतिक क्षमतालाईसमेत कमजोर तुल्याउँछ ।”उनले भने ।

निर्वाचनका समयमा सूचनाको आधिकारिकताबारे विश्वासिलो पुष्ट्याई नभएसम्म अरुलाई शेयर नगर्न उनले सुझाव दिए । अरु कयौ देशले शताब्दिमा गर्न नसकेको राजनीतिक रुपान्तरण नेपालले छोटो समयमै हासिल गर्न सफल भएको उनले उल्लेख गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ४ : ५३ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा