कर्णाली प्रदेशः नेकपा एमालेबाट प्रदेशसभा अवरुद्ध « Khabarhub

कर्णाली प्रदेशः नेकपा एमालेबाट प्रदेशसभा अवरुद्ध


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको छ ।

सोमबार बसेको कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको दशौँ बैठक एमालेले अवरुद्ध गरेको हो ।

गत १८ माघमा सत्ता पक्षबाट आफूसँग भएका सहमति कार्यान्वयनका लागि नभएको भन्दै संसद अवरुद्ध पारिएको छ ।

सत्तापक्ष र प्रतिपक्षबीच भएको सहमतिको विषयमा लिखित प्रतिबद्धता नआएकाले संसदको प्रक्रिया अगाडि बढ्न नदिने बैठकमा एमालेका प्रमुख सचेतक गुलाबजंग शाहले बताए ।

सत्ता पक्ष र प्रतिपक्षबीच १८ माघमा सहमतिमा १५ लाखभन्दा कम रकम भएका योजना कार्यान्वयन नगर्ने, आगामी दिनमा यही मापदण्डका आधारमा योजना तर्जुमा गर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा विगतको कार्यविधिमा रहेको स्थानीय तहको भूमिका र प्रदेशसभा सदस्यको भूमिकालाई यथावत् कायम गरी कार्यविधिमा सुधार गरिने, पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन गर्दा गत वर्ष नै दायित्व सिर्जना भइसकेका योजनाहरूको बजेट अलग व्यवस्था गरिनेलगायतका सातबुँदे सहमति गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ४ : ०४ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ