चुनावी घोषणापत्र सार्वजनिक गर्ने नेपाली काँग्रेसको तयारी « Khabarhub

चुनावी घोषणापत्र सार्वजनिक गर्ने नेपाली काँग्रेसको तयारी


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसले स्थानीय तहका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनको घोषणापत्र छिट्टै सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।

सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी घोषणापत्र छिट्टै सार्वजनिक गर्ने पनि उनले बताए ।

यसका साथै, नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि एकमहिने संगठन सुदृढीकरण अभियान पनि सुरु गर्ने भएको छ ।

आगामी २० फागुनदेखि २० चैतसम्म स्थानीय निर्वाचनसम्बन्धी अभियान सुरु हुने उनले जनाए ।

यसपटक नेपाली काँग्रेसले ‘घरघर जाऔँ काँग्रेस जिताऔँ’ भन्ने नारा तय गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ४ : १६ बजे

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी खोज्न

काठमाडौं– चीनबाट आयात गरिएको एसआरएम कम्पनीको विद्युतीय गाडी (इभी) शनिबार साँझ रसुवाको

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा करिब तीन हजारजना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ