नेपाल–भारतबीच मल आपूर्तिसम्बन्धी समझदारी– यस वर्ष १ लाख ५० हजार टन मल ल्याइने « Khabarhub

नेपाल–भारतबीच मल आपूर्तिसम्बन्धी समझदारी– यस वर्ष १ लाख ५० हजार टन मल ल्याइने


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलखादको आपूर्तिका लागि नेपाल र भारतबीच सम्झदारी भएको छ ।

जीटुजी व्यवस्थामार्फत् युरिया र डीएपी मलको दीर्घकालीन आपूर्तिका लागि भारत र नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा सोमबार भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर एवं समझदारीपत्रको आदानप्रदान भएको हो ।

नेपालका तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र भारतका रसायन एवम् मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समारोहमा सचिव राजेशकुमार चतुर्वेदीले भारत र नेपालबीचको निकट एवं बहुपक्षीय सम्बन्धको चर्चा गरे । उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पु¥याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा व्यक्त गरे ।

यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यो सम्झौता ५ वर्षका लागि हुनेछ ।

सम्झौताअनुसार यो आर्थिक वर्ष १ लाख ५० हजार टन मल ल्याइनेछ ।

जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने जनाइएको छ ।

समारोहमा मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरूको पनि सहभागिता थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ६ : १६ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया