कर्णालीमा भारतीय पर्यटक तान्ने ‘शुभ’को मुख्य योजना छ | Khabarhub Khabarhub

कर्णालीमा भारतीय पर्यटक तान्ने ‘शुभ’को मुख्य योजना छ

‘पूर्वराजादेखि प्रधानमन्त्री र राजदूतसम्म होटलमा बसेर जानु भएको छ’



सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित शुभ होटल कर्णालीकै नयाँ आकर्षण भएको होटलका रुपमा परिचित छ । सुर्खेतका धेरैजसो कार्यक्रम शुभ होटलमै हुने गरेका छन् । ५१ कोठा र स्वीमिङ पुल भएको यो होटल अहिले कर्णालीमा पर्यटक र आगन्तुकको पहिलो रोजाईमा पनि पर्ने गरेको छ । तारे होटलभन्दा आकर्षक र व्यवस्थित होटलका रुपमा होटल शुभको परिचय बढ्दै गएको छ । जहाँ पूर्वराजादेखि प्रधानमन्त्रीसम्म होटल शुभमा बसिसकेका छन् । प्रस्तुत छ, होटल शुभका ‘जनरल म्यानेजर’ दमनजंग शाहसँग खबरहबका लागि पासाङ लामा ह्योल्मोले गरेको कुराकानीको सम्पादित अंशः

कर्णालीमा आएका पर्यटक र आगन्तुकको पहिलो रोजाईमा रहेको होटल शुभमा के–के सेवा सुविधा छन् ?

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आउने पर्यटक, आगान्तुक पाहुनाहरुले यस सुभ होटललाई प्राथमिकतामा राखी आइदिनु हुन्छ । त्यसको लागी म सर्वप्रथम त धन्यवाद दिन चाहन्छु । यस होटललाई आधिकारिक रुपमा सन् २०१७ मा सञ्चालनमा ल्याइएको हो । हामीसँग अहिले ५१ वटा कोठाहरु छन् । जसमध्ये तीनवटा स्वीट रुम बाँकी सुपर डिलक्स रुमहरु छन् । हामीले होटलमा आएका पाहुनाहरुलाई विमानस्थलसम्म निःशुल्क सवारीको व्यवस्था पनि गरेका छौँ । यसैगरी हामीले वनभोज, भोज, कार्यक्रमहरुमा स्वस्थ्य खाना खुवाई अलग अलग प्याकिङमा ‘डेली भरी’ गरि सेवा दिइरहेका छन् । मनोरञ्जनका लागी स्वीमीङ पुल र आनन्द दिनको लागी सुन्दर बगैचाहरु छन् ।

होटलको अहिलेको क्षमता कति हो ?

होटलको क्षमता भन्नुपर्दा कार्यक्रमको प्रकृति अनुृसार हुन्छ । कक्टेल पार्टी गर्दा १५ सय जनादेखि दुई हजार जनासम्म, सम्मेलन गर्दा चार पाँच सय जना जति अटाउन सक्ने क्षमता भएको हल छ । यस्तै खालका कार्यक्रम गर्दा कार्यक्रमको प्रकृति हेरेर छुट्टाएका छन् । त्यसैगरी हामीसँग तीन वटा रेस्टुरेन्ट छन् । विवाह, ब्रतबन्ध, बैठकहरु गर्नका लागी पाँच वटा हलहरु छन् ।

होटल शुभमा अहिलेसम्म कुन–कुन उच्च पदस्थ व्यक्तित्वहरु बस्नु भएको छ ?

उच्च पदस्थका व्यक्तिहरुमा पूर्व राजा ज्ञानेन्द्र, प्रधानमन्त्री शेरबहादुर देउवा, विभिन्न देशका राजदुतहरु सुर्खेत आउनु हुँदा यस होटेल उहाँहरुको पहिलो रोजाईमा परेका छन् । यसैगरी हालसालै फिन ल्याण्ड, फ्रान्स, जर्मन, यूरोपियन यूनियनको राजदुतहरु बसेर जानु भएको छ । यसरी हेर्दा साधारणदेखि उच्च पदस्थ भीआइपीसम्मका व्यक्तिहरु होटल शुभमा बस्न सक्छन् ।

होटलमा आउने धेरैजस्तो आगन्तुक कुन–कुन देशबाट आउने गर्छन् ?

विदेशी पाहुनामा सबैभन्दा बढि संयुक्त राज्य अमेरिकाबाट आउने गरेका छन् । त्यसैगरी फिनल्याण्ड, फ्रान्स, जर्मन र यस्तै विभिन्न देशहरुबाट आउने गर्छन् । र, हामीसँग भारतीय पाहुनाहरु कम मात्र आउने गर्छन् । छिमेकी देश भएता पनी भारतीय पाहुनालाई आकर्षण गर्न सकेको छैन । हामी उहाँहरुलाई स्वागत गर्न तयार छौ । तर हाम्रा पर्यटकीय गन्तव्य, क्षेत्रहरुलाई प्रचार र व्यवस्थित गर्न नससकेका कारण भारतीय पाहुनाहरुको आगमन न्यून छ । र, हामीले उनीहरुलाई आकर्षण गर्नका लागी धार्मिक पर्यटकिय स्थलहरुलाई व्यवस्थित गर्न जरुरी रहेको महसुस गरेका छौँ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पर्यटनलाई जोड्ने प्याकेजहरु के–के छन् ?

गएको वर्षमा हामीले राराको प्याकेज बनाएका थियौँ । एकदमै सस्तोमा खाने, बस्ने र प्लेन टिकेटसहितको अठारा हजारमा प्याकेज बनाएका थियौँ । अहिले हालसालै पनि राराको प्याकेजमा पर्यटकहरु पठाएका छौँ । यात्राको क्रममा हुने अफ्ठ्यारो परिस्थितिलाई सहज हुने गरी प्याकेज बनाएका छौँ ।

होटलले थप क्षेत्र विस्तार गर्ने योजना पनि बनाएको छ कि ?

पर्यटकहरुको आगमनमा वृद्धि भइरहेको हुँदा कोठाहरु अपुग भएको महशुुस भएको छ । यसको लागी तत्कालै पन्ध्र वटा कोठाहरु थप्ने योजना छ । साथै यस होटललाई विधिवत रुपमा मापदण्ड पु¥याई तीन तारे होटलको रुपमा विस्तार गर्न पनि तयारी भइरहेको छ ।

होटलमा कति जनाले रोजगारी पाएका छन् ?

रोजगारीको कुरालाई जोड्नु पर्दा विगत सात वर्ष देखी सञ्चालन गरिरहदा हाल ६५ जनालाई रोजगारी दिदैँ आएका छौँ । स्थानीयहरुबाटै अचार, ब्रेटहरु बनाउने काम भइरहेका छन् । यसरी हामीले प्रत्यक्ष र अप्रत्यक्ष गरी ८० जनालाई रोजगारी दिदैँ आएका छौँ ।

अन्तिममा, कर्णाली प्रदेशमा होटल शुभको उपस्थिती र हस्पिटालिटी क्षेत्रबारे थप केही भन्नु छ कि ?

हस्पिटालिटीको बारेमा कर्णाली प्रदेशमा के आग्रह गर्न चाहन्छु भने हामीले नजिकको पर्यटक भारतीय पाहुनालाई ल्याउन केही पूर्वाधारहरुको विकास गर्न सक्यौँ भने सुर्खेतसँगै समग्र कर्णालीको भविष्य नै उज्वल हुने देखिन्छ । सरकारले सडक निर्माण र सुधारको कार्यलाई मात्रै अगाडि बढायो भने बाँकी विकास निजी क्षेत्रहरुले आफै गर्छन जस्तो लाग्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : ४७ बजे

एकीकृत समाजवादीले तल्लो तहको सुझाव दस्तावेजमा समावेश गर्ने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य

गृहमन्त्रीको निर्देशन – ‘प्राकृतिक प्रकोपका घटनामा केन्द्रको आदेश कुरेर नबस्नू’

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्राकृतिक प्रकोपका घटनामा केन्द्रको

रेमिट्यान्सलाई उत्पादनमुखी बनाऔँ : राजेन्द्र मल्ल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिट्यान्सलाई उत्पादनमुखी

एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष