आफू मातहतका कर्मचारीको सरुवा बदर गर्न गृह-मन्त्रालयको पत्राचार « Khabarhub

आफू मातहतका कर्मचारीको सरुवा बदर गर्न गृह-मन्त्रालयको पत्राचार


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- गृह-मन्त्रालयले आफू अन्तर्गतका निकायबाट अन्य मन्त्रालयमा सरुवा जाने कर्मचारीको सरुवा बदर गर्न पत्राचार गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै गृहले आफू मातहत काम गरिरहेको अवस्थामा समन्वय नगरी अन्यत्र मन्त्रालय वा निकायमा सरुवा भएका कर्मचारीको सरुवा बदर गर्न भनेको हो।

केही कर्मचारीको अन्यत्र मन्त्रालय वा निकायमा सरुवा हुँदा आसन्न स्थानीय तहको निर्वाचन, राष्ट्रिय परिचय–पत्र वितरण, ई–पासपोर्ट लगायतका कामहरु सहजढंगबाट सम्पादन हुन कठिनाई भइरहेको उल्लेख गर्दै गृह–मन्त्रालयले सरुवा बदरको अनुरोध गरेको जनाएको छ।

गृह मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादन हुने कामको प्रकृति र कार्य चाप बढिरहेको सन्दर्भमा कर्मचारीको रिक्तताको कारण सेवा प्रवाहमा कठिनाई सिर्जना भएको जनाउँदै गृह–मन्त्रालयले समन्वय नगरी अन्यत्र मन्त्रालय वा निकायमा आफ्नो कर्मचारीको सरुवा नगर्न गत १० असोज र ५ मंसिरमा पनि पत्र पठाएको थियो।

मन्त्रालयले राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा तल्लो पद–श्रेणी (नायव सुव्वा–खरिदार) स्तरका रिक्त पदमा दरबन्दी अनुसारका कर्मचारी खटाएर सहयोग गर्न भनेको छ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : ४१ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो