भारतमा ४८ घण्टे बन्द आह्वान « Khabarhub

भारतमा ४८ घण्टे बन्द आह्वान


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा ४८ घण्टे बन्द आह्वान गरिएको छ । केन्द्रीय सरकारको नीतिको विरोधमा केन्द्रीय ट्रेड युनियनको एउटा संयुक्त फोरमले बन्द आयोजना गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्दलाई अखिल भारतीय बैंक कर्मचारी संघले पनि समर्थन गरेको जनाइएको छ ।

बन्दकर्ताहरुले मजदुर, किसान र सर्वसाधारणलाई असर गर्ने सरकारी नीतिहरूको विरोध गर्न देशव्यापी बन्द आह्वान गरेको दाबी गरेका छन् । बन्दमा सडक, यातायात, बैंकिङ, रेलवे, विद्युत क्षेत्रमा काम गर्ने मजदुरले पनि साथ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सार्वजनिक क्षेत्रका बैंकहरूलाई निजीकरण गर्ने सरकारको योजना र बैंकिङ कानून संशोधन विधेयक २०२१ को विरोधमा उत्रिएका बैंकिङ्ग युनियनहरु पनि हड्तालमा सहभागी भएको भारतबाट प्रकाशित हुने टाइम्स अफ इण्डियाको अनलाइनले जनाएको छ । भारतीय स्टेट बैंकलगायत धेरै बैंकहरूले सोमबार र मंगलबार बैंकिङ सेवाहरू प्रभावित हुनसक्ने ग्राहकहरूलाई जानकारी गराउँदै विज्ञप्ति जारी गरेका छन् । 

बैंकबाहेक हडतालमा स्टिल, तेल, दूरसञ्चार, कोइला, हुलाक, आयकर, तामा, बीमालगायतका अन्य क्षेत्रका श्रमिक सहभागी हुने जनाइएको छ । बन्दमा २० करोड मजदुरको ऐक्यबद्धता रहेको बन्दकर्ताको दाबी छ । 

ऊर्जा मन्त्रालयले सोमबार सबै राज्य सञ्चालित संस्थाहरु तथा अन्य निकायहरूलाई उच्च सतर्कतामा रहन र चौबीसै घण्टा विद्युत आपूर्ति र राष्ट्रिय ग्रिडको स्थिरता सुनिश्चित गर्न निर्देशन दिएको छ । मन्त्रालयले अस्पताल, रक्षा, र रेलवे जस्ता अत्यावश्यक सेवाहरूमा संलग्नहरूलाई बिजुली आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको हो ।

पश्चिम बंगाल सरकारले बन्दका बावजुद सबै राज्य सरकारी कार्यालयहरू खुला रहने भन्दै सोमबार र मंगलबार कर्मचारीहरूलाई ड्युटीमा उपस्थित हुन अनिवार्य गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १ : ०१ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम