पहिलो खेलमा नेपालको शानदार जीत, पपुवा न्युगिनी १५ रनले पराजित « Khabarhub

त्रिकोणात्मक श्रृङ्खला

पहिलो खेलमा नेपालको शानदार जीत, पपुवा न्युगिनी १५ रनले पराजित


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिकोणात्मक टि ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको छ ।

नेपालले दिएको १८४ रनको लक्ष्य भेट्टाउन नसकेपछि पपुवा न्युगिनी पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन जोडेको थियो । नेपालका लागि असिफ शेखले ४३, रोहित पौडेलले ३४ र आरिफ शेखले ३१ रन बनाए ।

१८४ रनको लक्ष्य लिएर मैदान उत्रेको पपुवा न्युगिनीले खेल सकिन ४ बल बाँकी छँदै सबै विकेट गुमाएर केबल १६८ रनमात्र जोड्न सक्यो ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । त्यस्तै, अविनाश बोहोराले २ विकेट लिए भने सोमपाल कामीको नाममा एक विकेट रह्यो ।

मलेशिया समेत सम्मिलित श्रृङ्खलाको दोश्रो खेल भोलि मलेशिया र पपुवा न्युगिनीबीच कीर्तिपुर मैदानमा हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ४ : ०९ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको