ओटीटीमा रिलिज हुँदै प्रभास र पुजाको 'राधे श्याम' | Khabarhub Khabarhub

ओटीटीमा रिलिज हुँदै प्रभास र पुजाको ‘राधे श्याम’


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउथ इन्डियन अभिनेता प्रभास बाहुबली सिरिज मार्फत चर्चामा आए । दुई भागमा आएको बाहुबलीले प्रभासलाई साउथ इन्डियामा मात्र सीमित राखेन। त्यसपछि उनी भारतसँगै एसियाकै ठूला स्टार मध्ये एक बने । उनको क्रेज बढ्नुको कारण उनकै फिल्म र अभिनय थियो । प्रभास अभिनीत फिल्म ’राधेश्याम’ प्रदर्शन भएको पछिल्लो फिल्म हो । बाहुबली सिरिजमा देखिएको कमाल यस फिल्ममा देखिएन ।

उनको पछिल्लो फिल्म ‘साहो’ झैँ हिन्दीमा समेत निर्माण गरिएको फिल्ममा प्रभासले डायलग पनि राम्रै बोल्न सकेका छैनन् । कोरोना महामारीका कारण दुई पटक डेट सरेको फिल्मले थियटर रिलिजमा राम्रो कलेक्सन गर्न नसकेपछि ओटीटीमा रिलिज हुने भएको छ । फिल्मलाई अमेजन प्राइम भिडियोमा दर्शकले आउँदो अप्रिल १ बाट हेर्न पाउनेछन् ।

फिल्मलाई हिन्दी बाहेक तामिल, तेलुगु , मलयालम र कन्नड भाषामा रिलिज गरिने जनाइएको छ । प्रभास अभिनीत फिल्म ‘राधेश्याम’ मा उनको को–स्टार छिन् पुजा हेगड़े । भाग्य र मायाको लडाईलाई प्रस्तुत गरिएको फिल्म प्रभास र पुजाकै आसपासमा घुमेको छ । फिल्ममा पुरानै कथालाई प्रस्तुत गरिएकै कारण दर्शकले राम्रो फिडब्याक दिएनन् । ४ सय करोडको हाराहारीमा निर्माण गरिएको फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ६ : ४५ बजे

विश्वकप छनोट : नर्वेसँग इटालीको लस्जास्पद हार

काठमाडौं – विश्वकप छनोटमा नर्वेले इटालीलाई हराएको छ। गएराति भएको

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा

एनपीएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज उद्घाटन

वाणिज्य विभागबाट मापदण्ड निर्धारणका लागि सुझाव माग

काठमाडौं– वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड

तनहुँमा दुई  मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि