समाचार

विश्वकै सबैभन्दा धेरै वायु प्रदूषित शहर बन्यो काठमाडौँ

By खबरहब

March 28, 2022

काठमाडौँ– काठमाडौँ विश्वकै सबैभन्दा वायु प्रदूषित शहर बन्न पुगेको छ । स्विट्जरल्याण्डको वायुप्रदूषण मापन गर्दै आएको आईक्यू एअरले जनाएअनुसार काठमाडौँ विश्वकै सबैभन्दा वायु प्रदूषित शहर बनेको हो ।

आइक्यू एअरका अनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक १५४ छ । त्यस्तै वायु प्रदूषणको दोश्रो स्थानमा भारतको कोल्काता शहर छ । त्यहाँको वायु प्रदूषणको सूचकांक १५२ रहेको छ ।

तेश्रो स्थानको बंगलादेशको राजधानी ढाकाको वायु प्रदूषण सूचकांक १५० रहेको आईक्यू एअरले जनाएको छ । त्यसैगरी चौंथो स्थानमा भारतकै मुम्बई, पाचौं स्थानमा इटालीको मिलानो शहर छन् । भारतको राजधानी दिल्ली भने यो सूचीको सातौँ स्थानमा छ ।