दिल्लीमा 'द कश्मीर फाइल्स’ ट्याक्स फ्री नहुने ? | Khabarhub Khabarhub

दिल्लीमा ‘द कश्मीर फाइल्स’ ट्याक्स फ्री नहुने ?


१४ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– प्रदर्शनमा रहेको फिल्म ‘द कश्मीर फाइल्स’ को चर्चा केही समय यता छ । कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ ।

यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ । विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ । सामाजिक सञ्जालसँगै राजनीतिज्ञहरू, फिल्म र मनोरञ्जन उद्योगमा ’द कश्मीर फाइल्स’ नामले चर्चा पाएको छ ।

कश्मीरी पण्डितहरू कश्मीरबाट पलायन भएको कथालाई बुनेको यो फिल्मले केही समय सबैको ध्यान खिच्यो ।

यसको विषयवस्तुमा बहस भयो । फलतः यसले दर्शकको राम्रो साथ पायो । र, बक्सअफिसमा रेकर्डमा रेकर्ड बनायो । सानो लगानीमा बनेको फिल्म थुप्रै प्रान्तमा ट्याक्स फ्री समेत भएको छ । विशेषत भारतीय जनता पार्टीको सरकार रहेको प्रान्तमा यसलाई ट्याक्स फ्री गरिएको छ । यसले गर्दा पनि यसको कमाइको राम्रो हिस्सा निर्माण पक्षलाई आउनेमा दुईमत छैन ।

फिल्मलाई लिएर बीजेपीका नेताहरूले दिल्लीमा ट्याक्स छुट दिनुपर्ने अडान राखेपछि विधान सभामा बोल्दै मुख्यमन्त्री अरविन्द केजरिवालले फिल्मलाई युट्युबमा राख्नुस् भन्दै व्यङ्ग गरेका छन् । ’ट्याक्सी फ्री गर्नु धेरै माग भए । फिल्मलाई युट्युबमा हल्दिनुस, सबैका लागि फ्री नै हुन्छ । निर्देशक विवेक अग्निहोत्रीलाई भन्नुस युट्युबमा फिल्म हाल्न भनेर । सबै जनताले पनि एकै पटकमा घरमै हेर्न पाउँछन्’ मुख्यमन्त्री केजरिवालले भने ।

यद्यपि बीजेपीका नेताहरूले मुख्यमन्त्री केजरिवालले नियतबस नै फिल्मलाई ट्याक्स फ्री नगरेको आरोप लगाएका छन् । बीजेपी नेताहरू अमित माल्भिया, कपिल मिश्रासँगै दिल्ली बीजेपी अध्यक्ष आदेश गुप्ताले कडा टिप्पणी गरेका छन् । उनीहरूले ट्याक्स फ्री गर्न जोडदार माग गरेता पनि मुख्यमन्त्री केजरिवालले त्यो घोषणा गरेका छैन ।

उनले फिल्ममा झुटा कहानी देखाएको भन्दै ट्याक्स फ्री नगर्ने अडान कायम नै राखेका छन् । फिल्मको व्यापारको कुरा गर्ने हो भने प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको फिल्मले मार्च २५ सम्म २ सय ११ करोड ८३ लाखको व्यापार गरेको भारतीय फिल्मको ट्रेड विश्लेषण गर्ने विश्लेषकहरूले जनाएका छन् ।

यो फिल्म प्रति दर्शकको आकर्षण बढेसँगै फिल्म अन्य भाषामा पनि स्वरांकन भएर रिलिज हुने भएको छ । तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा पनि फिल्मलाई तयार गरेर प्रदर्शन गर्ने तयारी निर्माण पक्षले थालेको छ । नर्थ इन्डियाका सहरहरूमा कमाल गरिरहेको फिल्मले साउथका तमिल र तेलुगु भाषाका फिल्म रुचाउने दर्शकको पनि मन जित्ने विश्वास निर्माण पक्षको छ ।

पछिल्लो समय ओटीटीको प्रभाव बढेसँगै हलमा फिल्मको व्यापार कम्जोर भइरहेको समयमा समिक्षा र वर्ड अफ माउथकै कारण ’द कश्मीर फाइल्स’ ले बक्स अफिसमा समेत राम्रो कमाइ गरिरहेको छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  १० : ५३ बजे

युरोपेली देशको युक्रेन जोगाउने सैन्य योजना अन्तिम चरणमा

लण्डन – बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनको युद्ध विरामको योजनालाई

रुङ्दीखोलाको मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पर्वत– कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ

गण्डकी प्रदेश आख्यान महोत्सव : दश जिल्लाका साहित्यकारको जमघट

तनहुँ– नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य गद्य विभागको आयोजना र गीतल

मेचीनगर गोल्डकप : चर्च ब्वाइजलाई उपाधि

झापा– पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले

नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्वित

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका–६, स्थित घैरुङ स्वास्थ्य चौकीमा सञ्चालन