अफगानिस्तानको कोइला खानीमा बन्दुकधारीले आक्रमण गर्दा ५ कामदारको मृत्यु « Khabarhub

अफगानिस्तानको कोइला खानीमा बन्दुकधारीले आक्रमण गर्दा ५ कामदारको मृत्यु


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानमा बन्दुकधारीको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ । अफगानिस्तानको को सामाङ्गन प्रान्तस्थित कोइला खानीमा आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अज्ञात बन्दुकधारीहरूको आक्रमणमा परी मारिनेमा उक्त कोइला खानीमा कार्यरत ५ कामदार रहेको बताइएको छ ।

अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका स्थानीय अधिकारीहरूका अनुसार उक्त घटना अफगानिस्तानको बाल्ख प्रान्तको सिमानामा रहेको दारा–ए–सोफ जिल्लाको कोटल रेगी क्षेत्रमा भएको थियो ।

सरकार सञ्चालित बख्तार समाचार एजेन्सीको रिपोर्ट अनुसार खानीमा काम गर्नेहरूलाई शुरुमा लुटिएको थियो त्यसपछि गोली हानिएको थियो । सबै मारिनेहरू जिल्लाका स्थानीय बासिन्दा हजारा समूहका रहेको बताइएको छ ।

उक्त घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी नलिएको अफगानिस्तानबाट प्रकाशित हुने खामाप्रेसले जनाएको छ । पछिल्लो समय विश्व समुदाय अफगानिस्तानमा आतङ्कवादको पुनरुत्थानको बारेमा चिन्तित रहेको बताइएको छ ।

अफगानिस्तानमा तालिबान सरकारले बारम्बार विजयको दाबी गरेको र अफगानिस्तानमा शान्ति र स्थायित्वको आश्वासन दिए पनि धेरै शहरहरूमा बम विस्फोट र आक्रमणहरूको शृङ्खलाले त्यसलाई थप चिन्तित तुल्याएको छ।

हालैका दिनहरूमा भएका आक्रमणहरूको क्रमले संयुक्त राष्ट्र संघ, पूर्व अफगान राजनीतिज्ञहरू साथै मानवअधिकार समूहहरू लगायत विश्व समुदायले निन्दा गरेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १ : ३८ बजे

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र