काठमाडौँ महानगरको मेयरकी उम्मेदवार सिंहले सार्वजनिक गरिन् ७ संकल्प « Khabarhub

काठमाडौँ महानगरको मेयरकी उम्मेदवार सिंहले सार्वजनिक गरिन् ७ संकल्प


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले सात संकल्प अघि सारेकी छिन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिंहले बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा सात संकल्प अघि सारेकी हुन् । 

उनले सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित सहरको संकल्प अघि सारेकी छिन् । त्यस्तै संस्कृति, सम्पदा र सभ्यता, सबल र सम्मुनत पूर्वाधार, सबल युवा स्वावलम्बी महिला र सिर्जनशील महानगरबासीको संकल्प अघि सारेकी हुन् । 

उनले काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएको खण्डमा फोहोर व्यवस्थापन पहिलो प्राथमिकतामा राख्ने बताइन् । त्यसका लागि उनले जिरो वेष्ट म्यानेजमेन्ट अवधारणा अघि सारेकी छिन् । ‘घरबाट निस्किएको फोहोर घरभित्रै व्यवस्थापन गर्न सकियो भने सयमा सय म्यानेजमेन्ट गरियो भने फोहोर जिरो हुनेछ ,’ सिंहले भनिन् । 

काठमाडौँ महानगरभित्र देखिएको बाटोघाटो समस्या पनि समाधान गर्ने उनको प्रतिबद्धता छ । ‘काठमाडौँलाई हिड्‌न योग्य सहर बनाउनेछु । प्रदूषणरहित सहर, ट्राफिक जाममुक्त सहर बनाउनेछु । जताततै खाल्टाखुल्टी रहेको सडक व्यवस्थापन गर्नतिर लाग्नेछु,’ सिंहले आफ्नो प्रतिबद्धतामा भनिन् । 

आफू महिला प्रतिनिधि भएकाले महिलाको पीडा देखेको र भोग्दै आएको भन्दै ती समस्या समाधानका लागि प्राथमिकता दिने बताइन् । ‘एउटा महिला प्रतिनिधि भएकाले महिलाहरूको लागि विशेष योजना अघि सार्नेछु । काठमाडौंमा विभिन्न किसिमका महिलाहरू छन् । आर्थिक विपन्नता भएका महिलाहरू पनि छन्,’ उनले भनिन्, ‘विपन्न वर्गका महिलाहरूलाई लक्षित गरेर श्रमको सम्मान गर्दै विशेष राहत प्याकेज ल्याउनेछु । घरमा बस्ने महिलाको श्रमको कुनै सम्मान छैन । उनीहरूका लागि विशेष प्याकेज ल्याउनेछु ।’ 

काठमाडौँमा रहेका विदुर पुरुषहरू पनि समस्या रहेको भन्दै उनीहरूको लागि समेत विशेष राहतको प्याकेज ल्याउने बताइन् । सबैभन्दा पहिला काठमाडौँलाई मध्यरातमा पनि झिलिमिली सहरको रूपमा विकास गर्ने उनको प्रतिबद्धता छ । ‘महिला दिदीबहिनीलाई राति एक्लै हिड्‌न सुरक्षा छैन । काठमाडौंमा सबैभन्दा पहिला झिलिमिली बनाउनेछु । राति पनि काम गर्ने महिलाहरूलाई सुरक्षित छ भन्ने बनाउँछु,’ उनले भनिन् । 

आफू एक दिन रातभर एक्लै काठमाडौँमा हिँडेर मध्यरातमा पनि महिलाको लागि सुरक्षित छ भन्ने सन्देश दिने उनले बताइन् । बालबच्चासहितका श्रमिक महिलाहरूको लागि समेत विशेष व्यवस्था गर्ने उनको योजना छ । ‘काठमाडौं मा सामुदायिक स्कूलसँग समन्वय गरेर शिशु स्याहार केन्द्र स्थापना गर्नेछु । जसले गर्दा आमालाई आफ्नो बच्चा सुरक्षित छ भन्ने हेक्का हुनेछ,’ उनले भनिन् ।

महानगरमा बेरोजगार युवाहरूको सीप अनुसारको स्वरोजगार बनाउने उनको भनाइ छ । खेलकुद क्षेत्रमा पनि विशेष कार्ययोजना बनाउने उनको भनाइ छ । त्यस्तै ज्येष्ठ नागरिकहरूलाई रिफ्रेस हुनको लागि रिफ्रेसमेन्ट सेन्टर बनाउने उनको योजना छ । उनीहरूको स्वास्थ्यमा पनि विशेष योजना अघि सार्ने उनको भनाइ छ । 

त्यस्तै विपन्न परिवारहरूलाई वडा वडाहरूमा निःशुल्क स्वास्थ्यको व्यवस्था गराउने उनको भनाइ छ । सुविधासम्पन्न अस्पताल निर्माण गर्नतिर पनि ध्यान दिने बताइन् ।  

प्रत्येक सार्वजनिक स्थलमा शुद्ध खानेपानीको व्यवस्था गर्ने उनको योजना छ । काठमाडौँमा शौचालयको समस्या विद्यमान रहेको भन्दै त्यसका लागि सार्वजनिक स्थलमा निःशुल्क शौचालयको व्यवस्था गर्ने बताइन् ।  

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १ : ५९ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख