नेटो महासचिव भन्छन्, ‘स्विडेन र फिनल्याण्डलाई न्यानो स्वागत गरिनेछ’ « Khabarhub

नेटो महासचिव भन्छन्, ‘स्विडेन र फिनल्याण्डलाई न्यानो स्वागत गरिनेछ’


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव येन्स स्टोल्टेनबर्गले स्विडेन र फिनल्याण्डले सदस्यताका लागि आवेदन दिए स्वागत गर्ने टिप्पणी गरेका छन् ।

स्टोल्टेनबर्गलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएअनुसार सदस्यताका लागि आवेदन दिएको खण्डमा नेटोले फिनल्याण्ड र स्विडेनलाई खुला हृदयले स्वागत गरिनेछ ।

‘यो उनीहरुको निर्णय हो । तर यदि उनीहरुले आवेदन दिने निर्णय गरेको खण्डमा फिनल्याण्ड र स्विडेनलाई नेटोमा न्यानो स्वागत गरिनेछ र मेरो आशा छ, यो प्रक्रिया चाँडै सकिनेछ ।’ स्टोल्टेनबर्गलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

यद्यपि उनले ती मुलुकहरु नेटोमा पूर्ण रुपमा आबद्ध हुन कति समय लाग्छ भन्नेबारे कुनै विवरण नदिएको जनाइएको छ ।

रुसले युक्रेनमाथि आक्रमण जारी राखेका बेला फिनल्याण्ड र स्विडेनले नेटोमा सदस्यताका लागि आवेदन दिन लागेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला स्टोल्टेनबर्गको यस्तो टिप्पणी आएको हो ।

केही दिनअघि स्विडेन र फिनल्याण्डका अखबारहरुले अर्को महिना दुई मुलुकले सदस्यताका लागि आवेदन दिनेबारे सार्वजनिक घोषणा गर्ने खुलासा गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  २ : ५५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर