युद्ध शुरु भएयता रुसबाट जर्मनीले ९ अर्ब १० करोड डलरको इन्धन खरिद गरेको खुलासा « Khabarhub

युद्ध शुरु भएयता रुसबाट जर्मनीले ९ अर्ब १० करोड डलरको इन्धन खरिद गरेको खुलासा


१५ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा रुसी आक्रमण शुरु भएयता रुसबाट जर्मनीले ९ अर्ब १० करोड डलर भन्दा धेरैको खरिद गरेको तथ्यांक सार्वजनिक भएको छ ।

स्वतन्त्र शोध समूह सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एअरका अनुसार युक्रेनमाथि आक्रमण थालेको दुई महिनामा जर्मनीले ९ अर्ब १० करोड डलरको रुसी इन्धन खरिद गरेको हो ।

समग्रमा भने रुसले गत फेब्रुअरी २४ यता ६६ अर्ब ५० करोड डलरको इन्धन निर्यात गरेको तथ्यांकमा उल्लेख छ ।

पानीजहाजको गतिविधिको विश्लेषण, पाइपलाइनमार्फत तेल आपूर्तिको निगरानी र ऐतिहासिक मासिक व्यापारको अनुमानका आधारमा तथ्यांक सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

एपीका अनुसार यसबारे जर्मन पक्षले टिप्पणी गर्न अस्वीकार गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ३ : ४६ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो