बेलायती सांसदले संसद् बैठकमै पोर्न हेरेपछि… « Khabarhub

बेलायती सांसदले संसद् बैठकमै पोर्न हेरेपछि…


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतको तल्लो सदनका एक सदस्यमाथि संसद्मै अश्लील हेरेको आरोप लागेको छ । बेलायती अखबारहरू द सन र डेली मिररले कन्जरभेटिभ पार्टीका सांसदले संसद् कक्षमै पोर्न हेरेको बारे एकजना महिला मन्त्रीले आरोप लगाएको खुलासा गरेका हुन् ।

यद्यपि उनीहरूको पहिचान भने गोप्य राखिएको छ । १९२२ कन्जरभेटिभ समूहको बैठकमा यस्तो घटना भएको बेलायतको समाचार च्यानल स्काई न्युजले जनाएको छ । उक्त बैठकमा ४० देखि ५० जना महिला सांसदको उपस्थिति रहेको जनाइएको छ ।

स्काई  संसद् कक्षमा सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदले यसअघि पनि पोर्न हेर्ने गरेको दुई जनाले आरोप लगाएका हुन् ।

सो घटनाबाट बैठकमा उपस्थित धेरै सांसदहरू स्तब्ध भएको र व्यावसायिक ठाउँमा यस्तो हुन सक्छ भनेर विश्वास गर्न नसकेको कन्जरभेटिभ सांसद पाउलिन लाथमले बताइन् ।

यता कन्जरभेटिभ पार्टीका प्रमुख सचेतक क्रिस हिटन ह्यारिसले भने घटनाको थप जाँचबुझ गर्न बेलायती संसद् अन्तर्गतको स्वतन्त्र उजुरी तथा गुनासो निकायलाई आग्रह गरिएको बताएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ५ : १४ बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो