स्थानीय तह निर्वाचन : लमजुङमा ९ सय ८७ म्यादी प्रहरी खटिए « Khabarhub

स्थानीय तह निर्वाचन : लमजुङमा ९ सय ८७ म्यादी प्रहरी खटिए


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– स्थानीय तहको निर्वाचनका लागि लमजुङमा ९ सय ८७ म्यादी प्रहरी खटिएका छन् ।

म्यादी प्रहरीमा दुई हजार ६ सय ३४ जनाले आवेदन दिएकोमा लमजुङका लागि ९ सय ८७ जना छनोट भएका हुन् ।

जिल्लामा म्यादी प्रहरीका लागि निर्धारित समयसीमाभित्र २ हजार ६ सय ३४ जनाले आवेदन दिएका थिए । सोमध्ये ३ सय ९६ जना महिला छन् ।

स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९ सय ८७ को संख्यामा नै म्यादी प्रहरी आवश्यक पर्ने र सोही संख्यामा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए । सरकारले निर्वाचन लक्षित ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरेको हो ।

आवेदन दिएकामध्ये शारीरिक तन्दुरुस्तीसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान–निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्व वनरक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश–उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र ०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई प्राथमिकतामा राखेर छनोट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ९ : १७ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा