गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर बस ३३० को सफल उडान (फोटोफिचर) « Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर बस ३३० को सफल उडान (फोटोफिचर)


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– परीक्षण उडानमा सफलता पाएको भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार साँझ ५ बजेर ५० मिनेटमा सफलतापूर्वक अन्तर्राष्ट्रिय स्तरको विमानबाट परीक्षण उडान गरेको छ ।

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा रहेको विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको राष्ट्रिय ध्वाजावाहक विमान एयर बस ३३० बाट २७४ जना यात्रु (पूर्ण क्षमता) बोकेर सफल उडान गरेको हो ।

विमानस्थलमा बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य राम फुयाल लगाएतको उपस्थितिमा परीक्षण गरिएको हो ।

निर्वाचन आचारसंहिता लागेको भन्दै मन्त्री आलले मनतव्य नदिए पनि प्राधिकरणका महानिर्देशक अधिकारीले नेपालको इतिहासमा पहिलो पटक काठमाडौँबाहिर वाइडवडी विमानले उडान र अवतरण गरेको बताए । ‘यो परीक्षण गर्नका लागि डेमोन्स्ट्रेशन हो ७४ वर्ष पछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा पाएका छौँ’, उनले भने । ६४ वर्ष अघिबाट संचालनमा आएको भैरहवा विमानस्थल बुद्धपूर्णिमाको दिन व्यावसायिक उडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन हुन्छ ।

विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाइ यात्रु चाप घट्ने र काठमाडौँको विकल्प बनेको विमानस्थलका महानिर्देशक अधिकारीले बताए । काठमाडौँमा अवतरण गर्न नसक्ने ठूला विमान समेत भैरहवामा अवतरण हुन सक्ने बताउँदै २–३ वर्ष कोभिडका कारण निर्माण सम्पन्न हुन ढिला भएको बताए।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा अत्याधुनिक उपकरण भैरहवामा जडित छ, अबको ५ वर्षमा विमानस्थल फूलफेजमा सञ्चालनमा आउने छ’ उनले भने ।

आन्तरिक उडानमा ढिलाइ हुँदा आजबाट आन्तरिक भैरहवासहित ७ वटा विमानस्थल १८ घण्टा चल्ने र जेठ २ गतेबाट काठमाडौँसहित भैरहवा अन्तर्राष्टिय विमानस्थल २४ घण्टा संचालनमा आउने निर्णय भएको महानिर्देशक अधिकारीले बताए ।

पर्यटन सचिव महेश्वर न्यौपानेले  सबैको सहयोगले ठूलो विमान उडान अवतरण गर्न सफल भएको बताए ।
परीक्षण उडानका क्रममा जहाज केहीबेर रनवेमै अड्किएको थियो । जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । रनवेमा अड्किएको जहाज केही समयपछि एप्रोनतर्फ ल्याइएको थियो ।

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ९ : २८ बजे

प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग

काठमाडौं–  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय

इरानमाथि अमेरिका-इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो

तेहरान– इरानमाथि इजरायल र अमेरिकाले संयुक्त रूपमा हमला गरेका छन्

इजरायलले इरानमाथि थाल्यो आक्रमण, कयौँ सहरमा विस्फोटको आवाज 

तेहरान– इजरायलले  इरानमा आक्रमण थालेको छ । इजरायलका रक्षा मन्त्रीले

तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण

तनहुँ – मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झण्डा प्रकरणबारे

उपेन्द्रको दाबी- निर्णायक शक्ति मधेशले नै अब देशको भविष्य तय गर्छ 

सप्तरी– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा