‘साइकल लेन भनेको विकास र समताको सूचक हो’ « Khabarhub

‘साइकल लेन भनेको विकास र समताको सूचक हो’

‘वायू प्रदूषणका कारण वर्षेनी ४२ हजार मानिसको ज्यान जान्छ’



राजनीतिज्ञले हेर्ने भनेको जनताको चाहना हो । आज भन्दा पाँच वर्ष अघि चुनावमा जनताले गरेको मतदान अनुसार तपाइको विचारमा काठमाडौँको समस्या के हो भन्दा ७५ प्रतिशत ‘रेस्पोन्डेन्ट’हरुले प्रदूषण भनेका थिए ।

सायद पाँच वर्षपछि मतदान गर्दा फेरि आउँछ होला । किनभने पाँच वर्षमा त्यति सुधार भएको छैन । त्यसैले त्यो आवश्यकतालाई मध्यनजर गरेर के गर्ने भन्ने योजना आउनुपर्‍यो । अहिले पनि हामीले सुनेको कुरा हो । काठमाडौँ प्रदूषित सहरको सूचिमा शीर्ष स्थानमा पर्छ ।

वायु प्रदूषणको कारणले गर्दा हरेक वर्ष ४२ हजार भन्दा धेरै मानिसको ज्यान गएको छ । यो भनेको १० वर्षको जनयुद्ध र भूकम्प जोड्दा पनि आधा मात्र हुन्छ । वायू प्रदूषणको समाधान खोज्नुपर्छ । त्यसको स्रोत यातायात हो भनेर विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन् ।

हामी जहिले पनि सीमित स्रोतको आधारमा मात्रै योजना बनाउँछौँ । हामीसँग नियमित स्रोत छैन । ठाउँ पैसा भनेको कहिल्यै नपुग्ने कुरा हो । त्यो के कुरामा खर्च गर्ने भन्ने कुरा हो ? बाटोमा पाँच मिटर मिटर ठाउँ छ भने कसलाई दिने ? गाडीलाई दिने हो भने साढे तीन मिटर दिनुपर्छ । साइकललाई दिने हो भने डेढ मिटर दिनुपर्छ । पैदल यात्रीलाई दिने हो भने त्यो भन्दा कम दिनु पर्ने हुन्छ ।

त्यसैले कसलाई कति दिने भनेर त्यो ठाउँ दिमागमा बनाउनु पर्‍यो । ठाउँ भन्दा पनि प्राथमिकता दिनु पर्‍यो । कति जना व्यक्तिलाई हामीले ट्रान्सपोर्ट गर्न भनेर हेर्ने होे भने प्राइभेट गाडी ‘इनइफिसियन्ट मोड अफ ट्रान्सपोर्ट’ हो ।

राजनीति भनेको समानतामा हुनुपर्छ । समाजवादतर्फ जाने देश हो भने बाटोमा कुन साधन प्रयोग गर्ने भनेर हेर्नुपर्छ । पुरानो तथ्यांक अनुसार ४० प्रतिशत यात्रा पैदल हुने गर्छ । मान्छे जन्मिएर सेलिब्रेट गर्ने भनेकै पहिलो पाइला हिड्ने बेला हो । जब मर्छ त्यतिबेलासम्म पनि पैदल हिँडिरहेको हुन्छ, टेक्छ । मान्छे हिँड्नकै लागी जन्मेको हो भन्ने गरिन्छ । त्यसैले पैदल यात्रीको आवश्यकता बुझ्नुपर्छ ।

फ्लाईओभर चाहिएला । नचाहिने भनेको होइन । तर प्राथमिकता दिने भनेको सामान्य फुटपाथमै हो । कुनै पनि समाजमा लोकतन्त्रको गहिराई भनेको फूटफाथको चौडाईले नाप्ने गर्छ । त्यो भनेको समताको कुरा हो । साइकल लेन भनेको सूचक हो । र, त्यो सूचक अहिले ललितपुरमा छ । त्यो साइकल लेन म त प्रयोग गर्छु । त्यो अरुले प्रयोग गर्छ गर्दैन थाहा छैन । कतिपय जनाले भन्नु हुन्छ, साइकल चढ्ने मान्छे नै छैन । किन साइकल लेन बनाउने हो ? यो भनेको त खोला तरेर जाने मान्छे छैन, किन पुल बनाउने भन्ने हो ।

(खबरहबद्धारा आयोजित ‘साइकलमैत्री सहर’का विषयमा वातावरणविद् भुषण तुलाधरले राखेको धारणाको सम्पादित अंशः)

[प्रस्तुति : विपना थापा]

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ८ : ११ बजे

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी

काठमाडौंका मतदान केन्द्रमा सामग्री पठाउन सुरु

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंका मतदान

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

इलाम– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-९ शेरा बस्ने