आजको संसद् बैठकमा आर्थिक सर्वेक्षण पेश हुँदै « Khabarhub

आजको संसद् बैठकमा आर्थिक सर्वेक्षण पेश हुँदै


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले शनिबार बस्ने संसद् बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै छ। शनिबार बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ।

जेठ १५ गते अर्थात् आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेश गर्दैछन्। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट प्रस्तुत हुन्छ।

सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ। शनिबारको बैठकमा जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ। छलफल सकिएपछि आजै नीति तथा कार्यक्रम पारित हुनेछ।

राष्ट्रियसभाले शुक्रबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ।

 

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १० : ०२ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले