गेटा मेडिकल कलेजको विषयमा भ्रम सिर्जना नगर्न डा. राणाको आग्रह « Khabarhub

गेटा मेडिकल कलेजको विषयमा भ्रम सिर्जना नगर्न डा. राणाको आग्रह


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले गेटा मेडिकल कलेजको विषयमा भ्रम सिर्जना नगर्न आग्रह गरेकी छन्।

गेटा मेडिकल कलेजका विषयमा अनावश्यक टिका टिप्पणी र आन्दोलन भएकोप्रति आश्चर्य प्रकट गर्दै उनले यस्तो बताएकी हुन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै डा. देउवाले तीन सय शैय्याको अस्पताल खोल्ने तयारी भइरहेकोसमेत प्रष्ट पारेकी छन्।

‘गेटामा रहेको क्याम्पस सम्बन्धी विभिन्न टिका टिप्पणी भएको सुन्दा म आश्चर्यमा परेकी छु। चैत ४ गते नै तीन सय शैय्याको अस्पताल खोल्ने निर्णय बाहिर आइसकेको छ’, डा. देउवाले भनेकी छन्, ‘सरकारको नियम अनुसार काम अगाडि बढ्छ । बेकारको भ्रम सिर्जना नगर्न म अनुरोध गर्न चाहन्छु।’

नेपाल सरकारको नियम अनुसार अस्पताल चलाएपछि मात्र क्याम्पस बनाउन सकिने कुरा प्रष्ट रहेको भन्दै उनले कानुन अनुसार गेटामा अस्पताल चाँडै सञ्चालन हुने प्रष्ट पारेकी छन्। ‘चुनावका कारण अलिकति ढिला भएको हो र केही हप्तामै काम अगाडि बढ्छ’, उनले थप भनेकी छन्।

डा राणाले कलेजका लागि आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गरिनेसमेत उल्लेख गरेकी छन्। एकै पटक मेडिकल कलेज सञ्चालन गर्न कानुनतः नमिल्ने भन्दै उनले यो विषयमा भ्रम सिर्जना नगर्न सबैलाई अनुरोध गरेकी छन्।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १० : २१ बजे

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको