प्रतिनिधिसभामा नीति कार्यक्रममाथिको छलफल जारी (लाइभ) « Khabarhub

प्रतिनिधिसभामा नीति कार्यक्रममाथिको छलफल जारी (लाइभ)


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभाको बैठक जारी छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु भएको बैठकमा सांसदहरुले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रम चलिरहेको छ ।


शुक्रबार सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि आज बाँकी सांसदले आफ्नो धारणा राख्न लागेका हुन् । शनिबारको बैठकमा जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ। छलफल सकिएपछि आजै नीति तथा कार्यक्रम पारित हुनेछ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

नीति कार्यक्रम आज पारित गरेर भोलि १५ जेठमा सरकारले बजेट ल्याउने तयारी गरेको छ। त्यसका लागि अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठक बस्नेछ ।

प्रि बजेटमाथि संसदमा छलफल भइसकेको छ । सांसदहरुका सुझाव समेटेर अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन् । राष्ट्रियसभाले शुक्रबार नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ११ : ०९ बजे

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट

राहदानी आवेदन फाराम सोमबारसम्म खुला, तोकिएको समयमै उपस्थित हुन विभागको आग्रह

काठमाडौं– राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम

मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत

जनकपुरधाम- मधेश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगेको छ । मधेस

राष्ट्रिय भेलाका लागि कांग्रेस इतर समूहले गर्‍यो ५५१ सदस्यीय आयोजक समिति गठन

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

सुदूरपश्चिम- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको