उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्तावविरुद्ध रूस र चीनको भिटो « Khabarhub

उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने प्रस्तावविरुद्ध रूस र चीनको भिटो


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने उद्देश्यले सुरक्षा परिषद्मा प्रस्तुत प्रस्ताव असफल भएको छ ।

सुरक्षा परिषद्का १३ सदस्य देशले अनुमोदन गरेको प्रस्तावलाई रुस र चीनले विशेषाधिकार ‘भिटो’ प्रयोग गरी असफल पारेका हुन् । 

भिटो प्रयोग गर्ने चीनको निर्णयको व्याख्या गर्दै संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले उत्तर कोरियाविरुद्ध सुरक्षा परिषद्का प्रस्तावहरूलाई व्यापक, पूर्ण र सही रूपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले सम्बन्धित देशहरूले नाकाबन्दीको कार्यान्वयनमा मात्रै एकतर्फी जोड दिन नहुने समेत जिकिर गरे ।

समस्याको राजनीतिक समाधान खोजिनुपर्ने, हालको अवस्थामा उत्तर कोरियाविरुद्ध थप प्रतिबन्धहरूले समस्या समाधानमा मद्दत नगर्ने बरु थप नकारात्मक प्रभाव र टकरावलाई मात्र निम्त्याउने राजदूत झाङले बताए ।

कोभिड–१९ को पृष्ठभूमिमा थप प्रतिबन्धहरूले ठूलो मानवीय प्रभाव पार्ने उनको टिप्पणी छ ।

संयुक्त राष्ट्रसङ्घको मस्यौदा प्रस्ताव पारित गर्न परिषद्का स्थायी सदस्य रुस, चीन, फ्रान्स, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तीमा नौ मत आवश्यक पर्छ र पाँचवटै स्थायी सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  २ : ४३ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा