नेपालमा पनि ‘एक्जिट पोल’ को अभ्यास गरेको खुलासा  | Khabarhub Khabarhub

नेपालमा पनि ‘एक्जिट पोल’ को अभ्यास गरेको खुलासा 


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पनि निर्वाचन केन्द्रित मत सर्वेक्षणअन्तर्गत ‘एक्जिट पोल’ को अभ्यास गरेको पाइएको छ ।

स्थानीय तहको निर्वाचनमा विभिन्न सङ्घसंस्था तथा सञ्चार गृह आफैले एक्जिट पोलको अभ्यास गरेको पाइएको छ । काठमाडौँ, भरतपुर, पोखरा महानगर लगायत ठुला सहरमा एक्जिट पोल गरेर निर्वाचनकै साँझ नजिता प्रकाशन गरिएको थियो ।

विभिन्न देशमा निर्वाचनका क्रममा अभ्यास गर्ने गरिएको एक्जिट पोल नेपालमा पनि स्थानीय तहको निर्वाचनमा गरिएको छ । मिडिया आउटलेटका प्रबन्ध निर्देशक अरुण लम्साल नेपालमा पनि एक्जिट पोल तथा पब्लिक ओपिनियनको अभ्यास हुन थालेको बताउँछन् ।

“नेपालमा पनि निर्वाचनको एक्जिट पोलको अभ्यास भएको छ”, उनले भने, “यो राम्रो पक्ष हो । प्रायस्जसो एक्जिट पोलअनुसार नतिजा मिलेको पाइएको छ ।” मिडिया आउटलेटले पनि इलेक्सन क्याम्पेनिङ, पब्लिक ओपिनियन, अनुसन्धान एवं पार्टीको नीति र नेतालाई ट्र्याकिङ गरेको थियो ।

उनका अनुसार यस पटकको स्थानीय तहको निर्वाचनमा मिडिया आउटलेटले भरतपुर महानगरको एक्जिट पोल गरेको थियो । मिडिया आउटलेटले भरतपुरमा मतदान केन्द्रमा मतदान गरिसकेका मतदातालाई मतदान केन्द्रभन्दा ५०० मिटर टाढा पुनस्मतदान गर्न लगाएको थियो ।

सोही मतदान गरेका आधारमा मिडिया आउटलेटले भरतपुरको मतपरिमाण प्रक्षेपण गरेको थियो । मिडिया आउटलेटले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको साँझ नै महागरको एक्जिट पोल सार्वजनिक गरेको थियो । “एक्जिट पोल र निर्वाचन आयोगको मतपरिमाण करिब करिब मिलेको छ”, लम्सालले भने, “हामीले १० मतदान केन्द्रमा गई ७५७ जनालाई समेटेर एक्जिट पोल गरेका थियौँ ।”

एक्जिट पोलअनुसार भरतपुर महानगरका प्रमुख पदकी उम्मेदवार रेणु दाहालले ४१.०८ प्रतिशत मत ल्याएका थिए । निर्वाचन आयोगका अनुसार दाहालले ४०.६९ प्रतिशत अर्थात् ५२ हजार २८ मत पाएर निर्वाचित भए । एक्जिट पोलमा एमालेतर्फका प्रमुख पदका उम्मेदवार विजय सुवेदीले ३४.६१ प्रतिशत मत पाउने प्रक्षेपण गरिएको थियो ।

आयोगले सार्वजनिक गरेको मतपरिणाममा सुवेदीले ३०.९६ प्रतिशत अर्थात् ३९ हजार ५८२ मत ल्याएका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२.५४ प्रतिशत मत पाउने मिडिया आउटलेटको प्रक्षेपण थियो । आयोगको नतिजा आउँदा पौडेलले ११.५२ प्रतिशत अर्थात् १४ हजार ७२८ मत पाएका थिए ।

 

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ३ : १० बजे

एमाले महाधिवेशन : समूहगत प्रतिवेदनमाथिको प्रस्तुतीकरण सम्पन्न

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदनमाथि समूहगत

झापामा निजामती सेवा दिवस मनाइयो

भद्रपुर– जिल्ला प्रशासन कार्यालयको आयोजनामा आइतबार बिहान २२ औँ निजामती

निजामती विधेयक छिट्टै पारित हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय निजामती सेवासम्बन्धी

पातपतिङ्गरबाट जैविक मल उत्पादन

गण्डकी– प्राकृतिक स्रोतको उचित उपयोग गर्ने हो भने  स्वदेशमै अवसर

मध्यपुरथिमिमा आज जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

भक्तपुर– आश्विन शुक्ल पूर्णिमाका अवसरमा आइतबार साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही