सांसद गजेन्द्र महतले ताला चाबी बुझाए सभामुखलाई « Khabarhub

सांसद गजेन्द्र महतले ताला चाबी बुझाए सभामुखलाई


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाएका छन् । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरूप प्रतिकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझाएको उनले बताए ।

तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला अवरोध गरेको सांसद महतको भनाइ छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडुले आफ्नो धारणा राख्दा एमाले सांसदले अवरोध गरेका  थिए । विवाद बढ्दै गएपछि सभामुख सापकोटाले प्रयोग गरिएको अमर्यादित शब्द हटाउने निर्णय गर्नुपरेको थियो ।

सांसद महतले भने, “प्रतिपक्षीको व्यवहार हेर्दा बोल्न पाइँदैन कि भन्ने त्रासमा थिएँ । म अहिले पनि अलि मोटो र ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामै छु । उहाँहरु धित मरुन्जेल तीन घण्टा गाली गर्नुहुन्छ । र धित मरिसकेपछि यसलाई अवरोध गर्न खोज्नुहुन्छ । फेरि ताला लगाउन खोज्नुहुन्छ ।”

उनले आफूले ताला र चाबी ल्याएको उल्लेख गरे। उनले भने, “तपाईंहरू धित मरुन्जेल बोल्नुहोला त्यसपछि हामी बोल्दा यो ताला र चाबी लगाइदिनुहोला । जतिबेला बोल्न मन लाग्छ आउनुहोला र यो ताला चाबी खोल्नुहोला अनि बोल्नुहोला । मैले सभामुखज्यूलाई बुझाएँ ।” गाली गर्नेलाई संसद्मा बोल्न तीन घण्टा र कर्णालीको आवाज बोल्नेलाई तीन मिनेट छुट्याइएकामा सांसद महतले आपत्ति प्रकट गरे । 

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ३ : १९ बजे

कविन्द्रले भने- संसद् प्रभावकारी बनाउन दलहरूसँग छलफल थालिसकेका छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले संसद्लाई प्रभावकारी

बजाजको क्यूआर क्याम्पेन 

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड

पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार

एजेन्सी– पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष (सन् २०२५–२६) को दोस्रो त्रैमासमा

उपसभामुखबारे अहिले निर्णयमा पुगेका छैनौँ : महामन्त्री बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले उपसभामुखको विषयमा

माइडिया नयाँ वर्ष अफर : हरेक खरिदमा उपहार, क्यासव्याक र ‘बम्पर लक्की ड्र’मा मल्टीडोर रेफ्रीजेरेटर

काठमाडौं– माइडियाले ‘नयाँ वर्ष, नयाँ अनुभूति’ अभियान सार्वजनिक गरेको छ ।