‘बालेन र हर्क साम्पाङ संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फक्रेका फूल हुन्’’ : प्रचण्ड « Khabarhub

‘बालेन र हर्क साम्पाङ संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा फक्रेका फूल हुन्’’ : प्रचण्ड


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं र धरानका नवनिर्वाचित मेयरलाई बधाइ दिएका छन् ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफलका क्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बधाई दिएका हुन् ।

निर्वाचनमा यी दुईमात्रै वास्तविक स्वतन्त्र उम्मेदवार रहेको बताउँदै उनले उनीहरूका पछाडि कुनै पार्टीका नेता कार्यकर्ता पछि लागेर हिँडेको नदेखिएको उनले बताए ।

जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साह विजयी भएको उदाहरण दिँदै उनले साहका पछाडि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू लागेको उल्लेख गरे ।

‘‘मेरो विचारमा संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौँ र धरानमा दुईटा नयाँ फूल फक्रिएको ठान्छु म चैँ ।’’ उनले भने ।
यद्यपि यसलाई राजनीतिक दललाई चुनौतीका रुपमा बुझ्न चाहीँ नहुने उनको तर्क छ ।

तैपनि उनले यसलाई आफ्ना कमीकमजोरी सच्याउने अवसर र चुनौतीका रुपमा लिइनुपर्ने बताए ।

त्यसपछि उनले दुबै मेयरलाई बधाई दिँदै आगामी दिनहरूमा जनताका भावना र आवश्यकताहरूलाई सम्बोधन गर्ने र राजनीतिक दलहरुसँग समदूरीको सम्बन्धसहित सबैको सहयोग जुटाउन सकून् भनी शुभकामना पनि दिए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ३ : ४६ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम