पोखराका नवनिर्वाचित मेयर आचार्यलाई आयोगले सोध्यो स्पष्टीकरण « Khabarhub

पोखराका नवनिर्वाचित मेयर आचार्यलाई आयोगले सोध्यो स्पष्टीकरण


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आचार्यले निर्वाचन आयोग र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई लिएर दिएको अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो ।

आचार्यले केही दिनअघि निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठुलो संख्यामा मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशत भन्दा बढी मत बदर हुन गएको भनी अभिव्यक्ति दिएका थिए ।

दल र सरोकारवालाहरुको सहमति तथा विज्ञहरुको राय समेतको आधारमा मतपत्रको डिजाइन भएको र २०७४ सालदेखिको अभ्यास यसपालि समेत प्रयोग गरेको भन्दै निर्वाचन आयोगले मतपत्रलाई लिएर आयोग र अन्य पदाधिकारी विरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिनुको कारण सोधेको छ ।

आम नागरिक र जनसमुदायमा भ्रम छर्ने गरी सार्वजनिक वक्तव्य दिई आयोगको निष्पक्षता र विश्वसनीयता माथि नै प्रश्न उठाएको भन्दै आयोगले २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भनेको छ ।

 

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ५ : ५६ बजे

हर्क साम्पाङ गृहमन्त्री गुरुङ भेट्न सिंहदरबार जाँदै

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं.

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम