पूर्वाधार आयोजना अलपत्र पर्नुको पछाडी अदालतमा पर्ने मुद्दा प्रमुख कारण : मन्त्री झाँक्री « Khabarhub

पूर्वाधार आयोजना अलपत्र पर्नुको पछाडी अदालतमा पर्ने मुद्दा प्रमुख कारण : मन्त्री झाँक्री


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकांश पूर्वाधार आयोजना अलपत्र पर्नुको पछाडि अदालतमा पर्ने मुद्दा प्रमुख कारण रहेको बताएकी छन् । शुक्रबार नयाँ सहर, स्मार्ट सिटी, करिडोर सिटी, सहरी नीतिलगायतका विषयमा पत्रकारलाई जानकारी गराउन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

सहरी विकास मन्त्री झाँक्रीले निजगढ विमानस्थल नबनाउनको लागि धेरै वटा अदृश्य स्वार्थले काम गरेको बताइन । 

यस आयोजना बन्न नदिने तत्त्वहरू धेरै रहको उनले बताए पनि ती पर्वहरू को हुन भन्ने समेत उनले खुलाइनन् । ती तत्वहरूले वातावरण, सुकुम्बासीको चर्का कुरा गर्ने गरेको बताइन । ‘विमानस्थल बनाउने वा नबनाउने भन्ने विषय भिडले होइन, जनताले भोट हालेका प्रतिनिधिले निर्णय गर्नुपर्छ’ उनले भनिन् । फास्ट  ट्र्याक र निजगढ विमानस्थल निर्माणको विषय अन्योन्याश्रित भएको समेत उनले उल्लेख गरेकी छिन् ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ६ : ३२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको