वीरगञ्ज नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने     | Khabarhub Khabarhub

वीरगञ्ज नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने    


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाले नगरवासीको विद्युत महशुल व्यहोरिदिने भएको छ ।

मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाले प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्ने  भएको हो । महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने निर्णय गरेका हुन् ।

विद्युत् महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताएका छन् । यसैबीच सडक विभाग मातहतमा रहेको वीरगञ्जको घण्टाघरबाट माईस्थान चोकसम्मको कालोपत्रे सडकलाई विभागको सहमतिमा मर्मत सम्भारको काम अघि बढाउनेसमेत निर्णय गरेका छन् ।
त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडक खण्डको कालोपत्रे बिग्रिएका कारण आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटनासमेत भएकाले महानगरपालिकाले उक्त सडकलाई तत्काल मर्मत सम्भार काम अघि बढाइएको नगरप्रमुख सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ६ : ३६ बजे

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ ।

गाजामा भोकभोकै मर्नथाले सर्वसाधारण : राहतका लागि संयुक्त दबाब

काठमाडौं – सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन ८ गते बिहीबार। साउन

आज २०८२ साल साउन ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ८ गते बिहीबार। साउन