वीरगञ्ज नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने     « Khabarhub

वीरगञ्ज नगरवासीको विद्युत् महसुल पालिकाले व्यहोर्ने    


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाले नगरवासीको विद्युत महशुल व्यहोरिदिने भएको छ ।

मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिकाले प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरवासीको विद्युत् महसुल रकम पालिकाले व्यहोर्ने  भएको हो । महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने निर्णय गरेका हुन् ।

विद्युत् महसुलसम्बन्धी निर्णयलाई महानगरपालिकाको पहिलो बोर्ड बैठकबाट पारित गरी कार्यान्वयनमा ल्याउने नगरप्रमुख सिंहले बताएका छन् । यसैबीच सडक विभाग मातहतमा रहेको वीरगञ्जको घण्टाघरबाट माईस्थान चोकसम्मको कालोपत्रे सडकलाई विभागको सहमतिमा मर्मत सम्भारको काम अघि बढाउनेसमेत निर्णय गरेका छन् ।
त्रिभुवन राजपथअन्तर्गत पर्ने उक्त सडक खण्डको कालोपत्रे बिग्रिएका कारण आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटनासमेत भएकाले महानगरपालिकाले उक्त सडकलाई तत्काल मर्मत सम्भार काम अघि बढाइएको नगरप्रमुख सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ६ : ३६ बजे

हर्क साम्पाङ गृहमन्त्री गुरुङ भेट्न सिंहदरबार जाँदै

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं.

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम