अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा « Khabarhub

अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुग्लिन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा गुडिरहेको माइक्रोबस र जिपमाथि पहिरो खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग१ख ९९०९ नंको यात्रुवाहक माइक्रोबस र प्रदेश३–०१–०२३च ०५३५ नंको कारमाथि करिब साढे ५ बजेतिर पहिरो खसेको हो ।

पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार माइक्रोका चालक नवलपुर कावासोती नगरपालिका–७ बस्ने ३६ वर्षीय टीकाराम महतोको हातमा सामान्य चोट लागेको हो । मानवीय क्षति नभए पनि गाडीमा भने क्षति पुगेको छ ।

अहिले साँझ ६ः३० बजेबाट एकतर्फी मात्र यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । दुईतर्फी सडक खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ७ : ०८ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष