देशका छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला « Khabarhub

देशका छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शनिबार देशका विभिन्न जिल्लामा पाँच जनाको शव फेला परेको छ । काठमाडौं, सोलुखुम्बु, संखुवासभा, नुवाकोट, झापामा गरी पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा डेरा गरी बस्ने एक पुरुष मृत फेला परेको छन् । दोलखा गौरीशंकर गाउँपालिका ५ घर भएका ५५ वर्षीय ब्याजु शेर्पा मृत अवस्थामा फेला परेका हुन्  । 

त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविरमा एक युवक मृतावस्थामा भेटिएका छन् । संखुवासभा मकालु गाउँपालिका–२ का ३६ वर्षीय आङदोर्ची शेर्पा शनिबार मृत अवस्थामा फेला परेका हुन् । सोमबार सेभेन समिट क्लब ट्रेकिङ कम्पनीमार्फत सगरमाथा आरोहण गर्न गएका उनी आरोहण गरी फर्कने क्रममा ८ हजार फिट उचाइमा बेपत्ता भएका थिए ।

उता, नुवाकोटको विदुर नगरपालिका–९ खड्का थोकमा पनि एक युवक मृतावस्थामा भेटिएका छन् ।  सोही ठाउँ बस्ने २६ वर्षीय कुमार शिवभक्ति आफ्नै घर नजिकै रहेको खानेपानीको ट्याङ्कीको स्ल्याबमा मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै झापाको बिर्तामोड नगरपालिका ५ मा पनि एक बृद्ध मृतावस्थामा फेला परेका छन् । बिर्तामोडको सडक छेउमा मोरङ घर भएका अन्दाजी ७० वर्षीय कालिया नामका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

त्यस्तै काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वर चोकस्थित सडक पेटीमा पनि एक पुरुष मृत फेला परेका छन् । अन्दाजी ४६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको र उनको परिचय खुलिनसकेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ७ : १२ बजे

हर्क साम्पाङ गृहमन्त्री गुरुङ भेट्न सिंहदरबार जाँदै

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं.

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम