छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रियामा टिप्पणी गर्नु उपयुक्त हुँदैन : प्रधानमन्त्री देउवा « Khabarhub

छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रियामा टिप्पणी गर्नु उपयुक्त हुँदैन : प्रधानमन्त्री देउवा


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- प्रधानमन्त्री शेर बहादुर देउवाले सीमित स्रोत, साधनको बीचमा पनि स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् ।

शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणामलाई टिप्पणी गर्नु उपयुक्त नहुने बताएका हुन् । उनले सार्वभौम जनता नै निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प नभएको जिकिर गरे ।

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र छिमेकी मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत रहेको बताए । त्यस्तै देउवाले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्र नेपालकै भएकोमा कुनै दुविधा नरहेको धारणा पनि राखे ।

सीमा सम्बन्धी समस्या वार्ता र संवादका माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई छ । प्रधानमन्त्री देउवाले सार्वजनिक संस्थान खारेज वा निजीकरण गर्ने सोच नभएको स्पष्ट पारे । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धमा सर्वोच्च अदालतको फैसला अध्ययन गरी आवश्यक निर्णय लिइने समेत बताए ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ९ : ३६ बजे

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन