संसदमा आर्थिक सर्वेक्षण पेश, गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गरिने « Khabarhub

संसदमा आर्थिक सर्वेक्षण पेश, गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गरिने


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/७९ पेश गरेका हुन् ।

आर्थिक सर्वेक्षणमा चालु आवको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ । आगामी आवको बजेट प्रस्तुत हुनुभन्दा केही दिन पहिले सङ्घीय संसदमा आर्थिक सर्वेक्षण पेस गर्ने व्यवस्था छ ।

संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको छ ।

बजेट प्रस्तुत गर्ने विषयमा दलहरूबीच सधैँ विवाद हुने गरेकाले संविधानमा नै स्पष्ट मिति निर्धारण गरिएको हो । नेपालको संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ ।

तत्कालीन सरकारले चालु आवको बजेट अध्यादेशमार्फत सोही दिन नै सार्वजनिक गरेको थियो । गत वर्ष प्रतिनिधिसभा विघटन भएका कारणले तत्कालीन सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु परेको थियो ।

प्रतिनिधिसभाका पुनः स्थापना भएपछि गठन भएको वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेटका केही व्यवस्था थप गरेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  १० : ०७ बजे

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी