चर्चित गायिका साकिरामाथि कर छलीको आरोप « Khabarhub

चर्चित गायिका साकिरामाथि कर छलीको आरोप


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा आइरहन्छिन् । उनका हरेक गीत उत्तिकै लोकप्रिय हुन्छन् । तर ,अहिले भने यी गायिका गीतले होइन कर छलीको मामलाबाट चर्चामा छिन् ।

स्पेनको एक अदालतले कर छलीको मामलामा उनीमाथि मुद्दाको बाटो तय गरेको छ साकिराले आफूमाथि लागेको आरोप निराधार भएको भन्दै अदालतमा निवेदन दिए पनि अदालतले त्यसलाई स्वीकारेन ।

गायिका साकिराको कर छलीको मामला पहिलो पटक सन् २०१८ मा सार्वजनिक भएको थियो । त्यो समयमा स्पेनिस उजुरीकर्ताले साकिरामाथि सन् २०१२ र २०१४ को बीच आम्दानी बापत एक दशमलब ५५ करोड अमेरिकी डलर कर भुक्तानी नगरेको आरोप लगाएका थिए । यो मामलामा उनी अदालतमा पनि उपस्थित भएकी थिइन् ।

‘यसको पर्याप्त प्रमाण छ कि साकिराले राज्यमा कर तिर्ने प्रतिबद्धता पालन गरेकी छैनन् । यस्तोमा उनीमाथि मुद्दा चलाउन सकिनेछ । यदि गायिकामाथिको आरोप सही साबित भए र उनी दोषी ठहरिए भने जरिवानासँगै कारावासको सजाय भोग्न तयार हुनुपर्नेछ,’ अदालतले भनेको छ ।

साकिरामाथि कर छलीको मामला सन् २०१९ को जूनमा अदालतमा दर्ता भएको थियो । गायिकाले आफ्नो बयानमा सबै आरोपको खण्डन गरेकी थिइन् । उनले आफूलाई कर कार्यालयले दिएको सूचनाका आधारमा सबै कर तिरेको दाबी गरेकी थिइन् ।

तर, अहिले पुनः कर छलीको विषय साकिराका लागि टाउको दुखाईको विषय बनेको छ । यद्यपि, पहिलोपटक न्यायाधीशले अपराधीलाई काराबासको सजायमा माफी दिनसक्ने जनाइएको छ । तर, यसबारे आधिकारिक पुष्टि हुन सकेको छैन ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ११ : ५९ बजे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए

लेबनान- अमेरिका-इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन।

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज