बागलुङको पश्चिम क्षेत्रमा पुग्यो मोबाइल सेवा « Khabarhub

बागलुङको पश्चिम क्षेत्रमा पुग्यो मोबाइल सेवा


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ –  सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका–४ लाममेलामा नेपाल टेलिकमले मोबाइल सेवा पुर्‍याएको छ । छिमेकी तमान गाउँमा रहेको बिटिएस टावरबाट अप्टिकल फाइबारमार्फत नेटवर्क पुर्‍याई लाममेलामा सेवा सञ्चालन गरिएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ ।

यसअघि टाढाको टावरमा भर पर्दा स्थानीयवासी गुणस्तरीय मोबाइल सेवाबाट वञ्चित थिए । इन्टेरनेटका लागि डाटा सेवा पनि उपलब्ध थिएन । अप्टिलकल फाइबर विस्तारसँगै स्थानीयवासीले सहज रुपमा थ्रिजी इन्टरनेट र भ्वाइस सेवा पाएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।

भौगोलिक कठिनाइका कारण रेडियो लिङ्कमार्फत सेवा पुर्‍याउन सम्भव नभएपछि अप्टिकल फाइबारबाट सेवा विस्तार गरिएको उनको भनाइ छ । ‘लाममेलाका झन्डै तीन सय घरधुरीले भ्वाइस र डाटामा स्तरीय सेवा पाएका छन्, ’ उनले भने, ‘बागलुङ र म्याग्दीको सीमामा पर्ने पर्यटकीय क्षेत्र सोलेडाँडामा पुग्ने पर्यटकलाई पनि टेलिकमको सेवाबाट लाभ पुग्छ । ’

वरिष्ठ इन्जिनियर शर्माले दुर्गम भेगलाई लक्ष्य गरी सेवा विस्तार र गुणस्तर सुधारका कामलाई तीव्र गति दिइएको बताए । लाममेलाका जनप्रतिनिधि र स्थानीयवासीले टावर राखी गुणस्तरीय सेवा दिन टेलिकमसँग माग राख्दै आएका थिए ।

दुई हजार ६०० मिटरको उचाइमा अस्थायी टावर निर्माण गरी सेवा विस्तार गरिएको कार्यालयले जनाएको छ । तमान–४ का वडाध्यक्ष छप्रसाद श्रीपालीले मोबाइल सेवा पाउनबाट वञ्चित भइरहेका दुर्गमका बासिन्दालाई टावर राखेपछि सहज भएको बताए ।

 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : ५३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल