शुक्लाफाँटा नगरपालिकामा इ–पेमेन्ट सेवा सञ्चालन « Khabarhub

शुक्लाफाँटा नगरपालिकामा इ–पेमेन्ट सेवा सञ्चालन


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले आर्थिक प्रणालीलाई पारदर्शी र जफावदेही बनाउनका लागि इ–पेमेन्ट (इलेक्ट्रोनिक फन्ड ट्रान्सफर) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा सुरु भएसँगै सेवाग्राहीलाई चेकका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सिधै सेवाग्राहीको बैंक खातामै पैसा स्थानान्तरण हुने भएकाले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकिने भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए ।

‘ई–पेमेन्ट सेवा सुरु भएसँगै चेक काट्नुपर्ने झन्झटिलो प्रक्रियाको अन्त्य भएको छ, ’ उनले, ‘यसका माध्यमबाट सेवाग्राहीलाई छिटोछरितो रुपमा सेवा दिन सकिनेछ । यस कार्यले हिसाब मिलानमा समेत निकै सहज हुन्छ । समयको बचत हुन्छ । कर्मचारीको कार्यबोझ घटछ ।’

सेवाग्राहीले पेस गरेका कागजपत्रका आधारमा भौचर उठाई सोही आधारमा खातामा नगद रकम स्थानान्तरण गरिने उनले उल्लेख गरे । आर्थिक कारोबारको डे क्लोजिङ हुने भएकाले हिसाब गर्नमा समेत आर्थिक प्रशासन शाखाका कर्मचारीले विगतको जस्तो झन्झट व्यहोर्नु नपर्ने उनले बताए ।

‘यस महिनासम्म ई–पेमेन्ट सेवा र चेक काट्ने कार्यलाई नै निरन्तरता हुन्छ, ’ लेखा शाखाका कम्प्युटर अपरेटर राजेश ऐरले भने, ‘साउन महिनादेखि पूर्ण रुपमा नगरपालिकाको आर्थिक कारोबार ई–पेमेन्ट प्रणालीमार्फत नै हुन्छ ।’ स्थानीय तहको बजेट तर्जुमा लेखाङ्कन र प्रतिवेदन गर्ने प्रयोजनका लागि तयार गरिएको सफ्टवेयर स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत यो सेवा सञ्चालन गरिएको छ।

आगामी आवदेखि यसै सफ्टवेयरको प्रयोग गरी बजेट तर्जुमा, लेखाङ्कन र प्रतिवेदनका कार्यसमेत यसै सफ्टवेयरमार्फत हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टको भनाइ छ । उनका अनुसार यो प्रणाली लागू गर्दा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ (५) र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिमको विवरण पठाउन सहज हुनेछ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० मा मन्त्रालयले स्थानीय तहको आर्थिक कार्यप्रणाली र प्रशासनिक काम कारबाहीमा एकरुपता कायम गर्न तथा पारदर्शिता र जफावदेहीता प्रवद्र्धन गर्न यो प्रणाली लागू गरेको हो । आव २०७६-७७ देखि नै बजेट तयारी, लेखाङ्कन तथा प्रतिवेदनजस्ता कार्य सूत्रमार्फत गर्ने व्यवस्था मिलाउने भनिए पनि धेरै स्थानीय तहले यस प्रणालीलाई लागू गर्न सकेका छैनन् ।

स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) सफ्टवेयर प्रयोग गरी बजेट स्वीकृत गराउने कार्य दोधारा चाँदनी नगरपालिकाले दुई वर्षदेखि गर्दै आएको छ । महालेखा नियन्त्रक कार्यालयले दोधारा चाँदनीलाई बजेट सूत्र प्रणालीमा प्रविष्ट गरी स्वीकृत गराउँदै आएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ४० बजे

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही– रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बुधबार र पर्सा

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन