टेस्ट क्रिकेट: न्युजिल्यान्डबिरुद्द इङ्ल्यान्डको ‘क्लिनस्विप’ « Khabarhub

टेस्ट क्रिकेट: न्युजिल्यान्डबिरुद्द इङ्ल्यान्डको ‘क्लिनस्विप’


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको छ ।

२९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । इंग्ल्यान्डको जितमा जो रुटले ८६ रन बनाए । जोनी बेयरस्टो ७१ रनको योगदान गरे। ओली पोपले ८२ जोडे।

यसअघि न्युजिल्यान्ड दोस्रो इनिङमा ३२६ रनमा सबै विकेट गुमाएको थियो । न्युजिल्यान्डका टम ब्लेन्डलले ८८ रन बनाए । यस्तै, डर्याल मिचेलले ५६, टम लाथम ७६, केन विलियम्सन ४८ रनको योगदान गरे । इंग्ल्यान्डका ज्याक लेचले पाँच र म्याथ्यु पट्सले तीन विकेट लिए ।

इंग्ल्यान्ड पहिलो इनिङमा ३६० रनमा अल आउट भएको थियो । यसअघि न्युजिल्यान्ड पहिलो इनिङमा ३२९ रनमा अल आउट भयो ।

इङ्ल्यान्डका रुटनै प्लेयर अफ द सिरिज चुनिए । न्युजिल्यान्डका डर्याल मिचेल र जो रुट संयुक्त रुपमा प्लेयर अफ द सिरिज भए ।

यसअघि इंग्ल्यान्ड पहिलो र दोस्रो खेलमा समान पाँच विकेटले विजयी भएको थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ७ : ५५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल