अमेरिकाको टेक्सासमा लरीभित्र ४६ आप्रवासी मृत फेला « Khabarhub

अमेरिकाको टेक्सासमा लरीभित्र ४६ आप्रवासी मृत फेला


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

टेक्सास – अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४६ जना आप्रवासी मृत फेला परेका छन् । फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । सान एन्टोनियोको दक्षिणपश्चिमी छेउमा रेल ट्र्याक नजिक लरी फेला परेको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका लरी चालकलाई खोजी गरिरहेका छन् । सान एन्टोनियो अमेरिका–मेक्सिकन सीमाबाट लगभग २५० किलोमिटर टाढा छ ।

टेक्सासका गभर्नर ग्रेग एबोटले सो मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । उक्त घटना ‘घातक खुला सीमा नीतिको परिणाम’ भएको उनले दाबी गरेका छन् ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले देशका कूटनीतिज्ञले घटनाबारे खोजी गरिरहेको तर पीडितको राष्ट्रियता अझै अज्ञात रहेको बताए ।

मानिसहरू कसरी मरे भन्ने तुरुन्तै स्पष्ट हुन नसकेको र स्थानीय प्रहरीले सार्वजनिक रूपमा टिप्पणी नगरेको बीबीसीले जनाएको छ । सान एन्टोनियोको मौसम गर्मी महिनामा तातो हुन्छ । सोमबार त्यहाँको तापक्रम सोमबार ३९ दशमलब ४ डिग्री सेल्सिय थियो ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ४८ बजे

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु