जसपाका मन्त्रीलाई फिर्ता बोलाउने यादव पक्षको निर्णय « Khabarhub

जसपाका मन्त्रीलाई फिर्ता बोलाउने यादव पक्षको निर्णय


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेका छन् ।

सोमवार अबेर राति बसेको यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा रहेका चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । साथै बैठकले नयाँ मन्त्री पठाउने अधिकार अध्यक्ष यादवलाई हुने निर्णय गरेको छ ।

यादव पक्षको बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका कुनै पनि नेतालाई बोलाइएको थिएन। मन्त्री पठाउनेलगायतका विषयमा डा. भट्टराई र यादवबीच मतभिन्नता छ ।

कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ।

हाल जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।

एकीकृत समाजवादी पार्टीले मन्त्री फेरेलगत्तै सोमबार बिहान नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर यादवले आफ्नो पार्टीका मन्त्री पनि फेरबदल गर्ने बताएका थिए । प्रचण्डले पार्टीबाट औपचारिक निर्णय गरेर आउन सुझाएको बताइएको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : ५६ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा